मन्दिप निउरे ताराखोला २०७७ असार १२ । ताराखोला गाउँपलिकामा आज गाउँपलिका स्तरिय प्रधानाध्यापक हरुको वैठक सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कोरोना भाईरस कोभिड १९ का कारण देश अहिले लक डाउन भईरहेको बताए । लक डाउनका कारण अहिले विद्यालयहरु खुल्न नपाउदा विद्यार्थीहरुको पढाईमा समस्या भएका कारण वैकल्पिक शिक्षाको लागि विद्यालयका शिक्षकहरु सम्वन्धित टोलमा गएर विद्यार्थीहरुको पढाईवारे जानकारी लिने विद्यार्थीहरुलाई पढाईप्रति ध्यान केन्द्रित गन होमओर्क गर्न लगाउने लगाएतका कुराहरु वताए । त्यस्तै वैठकमा ईन्टरनेटको पहुच नभएको विद्यालयहरुमा ईन्टरनेट जडान गर्ने कुरामा छलफल गरिएको थियो ।
आजै ताराखोला गाउँपालिका भित्रका कक्षा ६ देखि १२ सम्म पढ्ने ७ सय ९१ जना छात्राहरुलाई सेनिटरि प्याड वितरण गरिएको छ । कार्यक्रम ताराखोला गाउँपालिका शिक्षा शाखा प्रमुख उमानाथ अधिकारिको सञ्चालनमा समपन्न भएको थियो ।