राम प्रसाद घिमिरे/सोम शर्मा, बागलुङ २०७७ असार १३ । कोरोना भाईरस (कोभिड-१९) रोग बिश्व भरमा करिव १ करोड नजिक संक्रमण पुगीरहँदा नेपालमा पनि पछिल्ला दिनहरुमा संक्रमण बढ्दै गईरहेको छ । कोरोना भाईरसको संक्रमणका रोकथाम, नियन्त्रण र उपचारका लागी धौलागिरी अस्पतालमा आवश्यक सुधारहरु भएका छन् । भेन्टिलेटरको व्यवस्था, आईसीयू बेडको व्यवस्थापन, आईसोलशन कक्षको स्थापना लगायतका आवश्यक कार्यहरु भैरहेका छन् ।
यसैवीच नेपाल सरकारले कोरोना भाईरसको संक्रमण नियन्त्रण एवं उपचारको लागि सुरुवाती समय देखि नै स्वास्थ्य क्षेत्रहरुको क्षमता बिस्तार गरिरहेको छ । यसै क्रममा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो अर्थात २०७७ असार १२ गते बागलुङको धौलागिरी अस्पतालमा पनि कोरोना परीक्षणको लागि RT-PCR प्रविधिबाट परीक्षण गर्न पयोगशाला सन्चालन गर्ने निर्णय गरिसकेको छ ।
धौलागिरी अस्पतालमा RT-PCR प्रविधिबाट कोरोना जाँच गर्न प्रयोगशाला सन्चालन गरिनु आफैमा एक उपलव्धी मानिएको छ । यस प्रयोगशाला जति सक्दोछिटो सन्चालनमा ल्याउन अस्पताल व्यवस्थापन समितिले के कस्तो तयारी गरेको छ, यसबारेमा यस क्षत्रका जनतालाई सुसूीचत गर्न ईबागलुङले यस विषयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगर र मेडिकल सुपरिटेन्डेन्ट डा शैलेद्र वि.क. पोख्रेल सगँ यसै बिषयको सेरोफेरोमा गरिएको कुराकानी :
One Comment