मित्रलाल खरेल, बागलुङ २०७७ असार १४ । गल्कोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचा मगरले आज परेको आफ्नो शुभ जन्मोत्सको अवसरमा बागलुङ बजार स्थित मानवसेवा आश्रमलाई रु १० हजार प्रदान गरेकी छन् ।
उपप्रमुख काउचा मगर लकडाउनका कारण स्वयं मानव सेवा आश्रममा आएर रकम हस्तान्तरण गर्न सम्भव नभएपछी धौलागिरी अस्पतालका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे मार्फत सो रकम आश्रमकी सन्चालिका सुमिरा लामालाई हस्तान्तरण गरिएको हो ।
रकम हस्तान्तरण कार्यक्रममा धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि रानामगर लगायत विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो ।