प्रकाश छन्त्याल, बरेङ २०७७ असार १५ । बरेङ गाउँपालिका अन्तरगत बरेङ बजारमा रु १ करोड ३० लाख बराबरको स्थानीय पुर्बाधार बिकास साझेदारी कार्यक्रम मोटर बाटो निर्माणको कार्य तीब्रताका साथ चली रहेको छ । मध्य वर्षातमा बाटो बिस्तार संगै बिनास पनि निम्ति रहेको छ । कसैको घरमा क्षेति बजारमा पानीको समस्या पनि निम्ति रहेको छ ।
जिल्ला समन्वय समिती उप प्रमुख बिष्णु भुसाल , ने क पा पार्टी नेता कृष्ण पाठक ,कार्यक्रम प्रतिनिधि लाल बहादुर थापा, जिल्ला समन्वय समिति सदस्य राजु केसी, जिल्ला समन्वय समिती ना।सु।दुर्गा शर्मा ,सांसद डा।सुर्य पाठकका स्वकीय सचीव रमेश केसी बरेङ गाउँ पलिका अध्यक्ष कृष्ण प्रसाद शर्मा , उपाध्यक्ष दिल कुमारी पुन, असिस्टेन्ट सब इन्जिनियर जुद्ध बहादुर पुन ,बाटो निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्तिथिमा बाटोको अनुगमन गरिएको छ ।
बरेङ देखि नाम्दुक जोडने १ करोड ३० लाख बराबरको मोटर बाटोको निर्माण कार्य संचालनमा रहेको बरेङ सम्म अनुगमन गरिएको छ । बाटो असार मसान्तसम्म सम्पन्न गर्ने रेड स्टार निमार्ण सेवाका प्रमुख दान बहादुर थापाले बताएका छन् ।