शव्द/चित्र : किरण आचार्य, बागलुङ २०७७ असार १५ । केहि वर्ष पहिले सम्म असार १५ गतेलाई सरकारले धान दिवस तथा रोपाईँ महोत्सवको रुपमा मनाउने गर्दथ्यो । जिल्ला कृषि विकास कार्यालयको आयोजनामा यो कार्यक्रमको आयोजना गरिन्थ्यो । कार्यालयले वर्षै पिच्छे विभिन्न स्थानमा धान दिवस तथा रोपाईँ महोत्सव भव्यरुपमा मनाउने प्रचलन थियो । दही, चिउरा, सेलरोटी, आलुको अचार लगायतका परिकार बनाएर खाने नाँच्ने मनोरन्जन गर्ने चलन थियो । कार्यक्रममा विशिष्ठ व्यक्तिहरुको समुपस्थिति रहन्थ्यो । बागलुङमा आयोजना गरिने धान दिवस तथा रोपाई महोत्सवको विशेष चर्चा हुन्थ्यो । तर जिल्ला कृषि विकास कार्यालय खारेजी सँगै बिगत केहि वर्ष यता धान दिवस तथा रोपाई महोत्सव हुन छोडेको हो । औपचारिकरुपमा अयोजना नगरिएपनि विभिन्न पालिकाहरुमा भने आआफ्नै किसिमले रोपाई महोत्सव गर्ने गरिन्छ ।
नेपाल जस्तो कृषि प्रधान देशमा धान दिवस तथा रोपाईँ महोत्सवको विशेष महत्व हुँदा हुँदै पनि यो प्रचलन हराउदै गयो । अब हामीसंग धान दिवस तथा रोपाईँ महोत्सवका तस्वीरहरु मात्र रहेका छन् ।
लेखक, ईबागलुङका फोटो सम्पादक हुन् ।