Sorry, that menu does not exist.
 

विद्युतीय डोजर निर्माण गरेका सक्षमलाई फलेवास नगरपालिकाद्वारा आर्थिक सहयोग !

लक्ष्मण बिसि, फलेवास २०७७ असार १५ । विद्युतबाट चल्ने डोजर निर्माण गरेका सक्षम लम्साललाई फलेवास नगरपालिकाले आर्थिक सहयोग गरेको छ । आइतबार नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल र लेखा अधिकृत यशोदा सुवेदीले लम्साललाई १० हजारको चेक हस्तान्तरण गरेका हुन । लम्सालको उक्त कार्य प्रशंसनीय भएको बताउदै थप हौसला प्रदान गर्न नगरपालिकाले तत्कालका लागि १० हजार सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए ।

सक्षमले गरेको कार्य नगरको गौरवको रुपमा रहेको बताउदै उनले जस्तै नगरको गरिमा बढाउने कार्य गर्ने व्यक्तिलाई सम्मान गरिने र थप हौसला बढाउनको लागि नगरपालिकाले बार्षिक रुपमा नै प्रोत्साहनको कार्यक्रम अगाडि सारेको रिजालले बताए ।

त्यस्तै लेखा अधिकृत यशोदा सुवेदीले सक्षम सानै उमेरबाट सृजनीशल र लगनिशिल भएर आफ्नो ज्ञान, सीप प्रयोग गरेर बिद्युतीय उपकरण निर्माण गर्नु भविष्यका लागि उचित मार्गदर्शन तयार भएको उनको भनाई थियो । आफ्नो क्षमता र सिपलाई निरन्तर प्रयोग गर्दै सक्रियताका साथ नयाँ नयाँ आविष्कारमा लाग्न आग्रह गर्दै लम्साललाई उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरिएको थियो ।
फलेवास नगरपालिका ५ खानीगाउँ घर भई कुश्मा नगरपालिका ६ स्थित नमुना आवासिय विध्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी सक्षमले गत जेठमा विद्युतबाट चल्ने डोजर निर्माण गरेर आफ्ना गुरु, अभिभावक तथा स्थानीयहरुलाई चकित पारेका थिए ।

छोराको उक्त बिशिस्ट कला र काम देखेर आफू अत्यन्त खुसी भएको सक्षमकी आमा सुशीला शर्माले बताईन । ।छोराले बनाएको उक्त यन्त्रिक उपकरणले अरु विद्यार्थीहरुलाई पनि नयाँ नयाँ प्रविधिको आविष्कार र विकासमा प्रेरणा मिल्ने शर्माले बताईन । छोराको कार्यलाई राम्रो मनेर नगरपालिकाले गरेको सकारात्मक सहयोगप्रति उनले धन्यवाद व्यक्त गरिन । छोराको उदाहरणीय कार्यमा सबैले साथ सहयोग र हौसला प्रदान गर्न उनको आग्रह थियो ।

विज्ञान तथा प्रविधिमा रुचि राख्ने १२ वर्षीय लम्साल विद्यालयमा सिकेको विषयलाई टपक्क टिप्दै त्यसलाई व्यवहारमा उतार्ने उनमा जिज्ञासु स्वभाव रहेको विद्यालयका प्रिन्सिपल इन्द्रमान खत्रिले बताए ।

आफूलाई नयाँ नयाँ सिर्जनाका लागि विद्यालय परिवारका साथै घरपरिवारबाट राम्रो साथ सहयोग प्राप्त भएको सक्षमले बताए । नगरपालिकाको उक्त सहयोग रकमले थप उपकरण खरिद गरि नयाँ नयाँ आविष्कारमा लाग्ने उनले बताए ।

काठ,मोटर, तार लगाएतको प्रयोग गरि उक्त डोजर बनाएको र आगामी दिनमा भुम्याकुम बनाउने तयारीमा जुटेको लम्सालले बताए ।
विश्वव्यापि महामारिको रुपमा फैलिएको कोरोना भाईरसको कारण गरिएको लकडाउनले गर्दा आवश्यक सामाग्री खरिद गरि अन्य सामानहरु बनाउन नसकेको उनले बताए ।
भविष्यमा मेकानिकल इन्जिनियर बन्ने उदेश्य रहेको समेत लम्सालले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !