Sorry, that menu does not exist.
 

गल्कोट-८ काँडेबासको झारमौरामा मनाईयो १७ औँ धान दिवस !

मित्रलाल खरेल, गल्कोट २०७७ असार १५ । गल्कोट नगरपालिकाको आयोजनामा कृषि विकास समिति, ग्रामिण महिला आत्मनिर्भर समाज र बसन्त ऋतु आमा समुहको समन्वय तथा गल्कोट नगरपालिकाको आर्थिक सहयोगमा आज वडा नं ८ काँडेबासको झारमौरामा १७ औँ धान दिवस मनाईएको छ । यसपालीको धान दिवसमा धान रोपाईँका साथै टिमुर र कागतीका विरुवा वितरण समेत गरिएको थियो । स्मरणीयछ, काँडेवासमा कृषि सेवा केन्द्रले एक घर परिवारले कम्तीमा ५ टिमुरको बोट लगाउनै पर्ने व्यवस्था गरेको छ ।

सो कार्यक्रममा नगरप्रमुख भरत शर्मा गैरे, नगर उपप्रमुख रेणुका काउचामगर, गल्कोट नगरपालिका ८ का वडाध्यक्ष रामप्रसाद कँडेल, प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष हिमबहादुर भण्डारी, कृषि सेवा केन्द्र काँडेबासकी प्रमुख निता शर्मा लगायत स्थानीय किसानहरुको सहभागिता रहेको थियो ।

कर्यक्रममा नगर प्रमुख गैरै र वडाध्यक्ष कँडेलले धान दिवसको महत्वमाथि प्रकाश पारेका थिए । गल्कोटमा धान दिवस विगत वर्षहरु देखी मनाईदै आएको छ ।



फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment