मनु सुनार, गुल्मी २०७७ असार १५ । गुल्मीको सदरमुकाम तम्घासमा आयुर्वेदिक औषधी पसलहरुको अनुगमन गरिएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्ला प्रशासन कार्यालय, रेसुङ्गा नगरपालिका, सुरक्षा निकाय, पत्रकारहरुको रोहवरमा सदरमुकाम तम्घासमा रहेका चार वटा आयुर्वेदिक औषधी पसल तथाएक वटा होमियोप्याथिक पसलको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा दुई वटा आयुर्वेदिक औषधी पसल बन्द भेटिएको थियो । बन्द भएका आयुर्वेदिक औषधी पसल सञ्चालन भएनभएको पत्राचार गरिने जानकारी लिइने गुल्मी आयुर्वेदिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख नरहरि अर्याल नविनले जानकारी दिए ।
सक्रममा कुनै पनि औषधी पसलहरुमा विरामीको ज्वरो परिक्षण नगरि सेवा प्रवाह गरेको पाइएको छ । सम्पन्न आयुर्वेदिक औषाधालय र त्रिधाम आयुर्वेधिक औषाधालयमा लाइसेन्स बाहिरका एलोपथिक औषधीहरु विक्रि वितरण गरिएको पाइएको अर्यालले जानकारी दिए ।
उक्त औषधीहरु जफत गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ जोखीम न्यूनिकरणका लागि अधिकांशले सावधानी नपनाएको पाइएको उनले बताए । अर्यालले सामाजिक दुरि कायम गरी सेवा प्रवाह गर्न, स्यानिटाइजर, मास्कको उचित प्रयोग गर्न आग्रह गरे ।