छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असार १६ । निसीखोला गाउँपालिकामा भारतबाट आएका मध्ये हालसम्म ६ सय ८ जना घर फर्किएका छन् । गाउँपालिकामा बैसाख अन्तिम सातादेखि हालसम्म ७ सय ४५ जना नागरीक भारतबाट आएकोमा हाल १ सय ३० जनामात्रै क्वारेन्टाईनमा रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले ईबागलुङलाई बताए ।
पिसीआर र आरटिडि रिर्पाट आई कोरोना रिर्पाट नेगेटिभ देखिएकालाई दुई हप्ता सम्म होम क्वारेन्टाईनमा बस्ने गरी विभिन्न समयमा घर पठाइएको हो । जसमध्ये शनिबार समेत पिसीआर रिर्पाट नेगेटिभ देखिएका ५९ जनालाई होम क्वारेन्टाईनमा पठाइएको गाउँपालिका अध्यक्ष पौडेलको भनाई छ । उनिहरु वडा नं.३,४,५,६ र ७ नम्बर वडाका रहेका छन् ।
करिब डेढ महिनाको अवधिमा ७ सय ४५ जनाको सँख्या भारतबाट गाउँपालिका भित्रिए सँगै पालिकालाई व्यवस्थापनमा चुनौति देखिएको थियो । भारतबाट आएका उनिहरु मध्ये ७ जना कोरोना सँक्रमित देखिएपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र धवलागिरी अस्पत्ताल बागलुङको आइसोलेशनमा उपचारत छन् । उनिहरुको अवस्था सामान्य रहेको छ । त्यसैगरी गाउँपालिकामा भारतबाट आउनेको सँख्या निरन्तर जारी रहेको गाउपालिकाले जनाएको छ ।
त्यसैगरी ढोरपाटन नगरपालिकामा समेत क्वारेन्टाईनमा बस्नेको सँख्या क्रमश कम हुँदै गएको छ । भारतबाट आई नगरपालिकाले बनाएको क्वारेन्टाईनमा बसेर कोरोना रिर्पाट नेगेटिभ देखिएपछि उनिहरुलाई घर पठाईएको छ । नगरपालिकामा आएका ३ सय ३३ जना मध्ये हाल १ सय २९ जना क्वारेन्टाईनमा रहेका छन् । त्यसैगरी नगरपालिका भर २२ जना कोरोना सँक्रमित देखिएका छन् । जसमध्ये १ जना मात्रै निको भएर घर फर्किएका छन् ।
एकै क्वारेन्टाईमा बसेका र बढि घुलमिल गरेकाहरुको सँगै बसेको व्यक्तिमा सँक्रमण देखिएपछि रिर्पाट नेगेटिभ आएकाहरुको समेत पुन दोश्रो पटक पिसिआर सुरु भएको ढोरपाटन नगरपालिका स्वास्थ्य संयोजक घनश्याम शर्माले बताए ।
त्यसैगरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र निसीभुजी जनता क्याम्पसमा बनाइएको आइसोलेशनमा ३४ जना सँक्रमितको उपचार भइरहेको छ । उनिहरु मध्ये ढोरपाटन नगरपालिकाका १७ जना, निसीखोल गाउँपालिकाका ४ जना, बडीगाड गाउँपालिकाका १२ जना र तमानखोला गाउँपालिकाका १ जना रहेका छन् ।
फाईल तस्वीर कुम्बिर बिक ।