Sorry, that menu does not exist.
 

निसीखोलाको हुल्दीमा बेबारिसे अवस्थामा फेलापरेको शिुशुका आमाबाबु प्रहरी नियन्त्रणमा !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार १६ । गत असार १३ गते निसीखोला गाउपालिका १ हुल्दीमा बेबारिसे अवस्थामा फेला परेको नवजात शिशुका बाबुआमालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरीले ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीको कमाण्डमा गएको १५ जनाको प्रहरी टोलीेले अभियुक्तहरुलाई हिँजो असार १५ गते राति १० बजे नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएकाहरुमा निसीखोला गाउँपालिका १ का वर्ष १९ का दिपेन्द्र बिक तथा ऐ वडा नं २ की वर्ष १७ की बिना परियार (नाम परिवर्तितं) रहेको प्रहरी उपरीक्षक चौधरीले बताए ।

निसीखोलाको हुल्दीमा अवैध गर्भबाट जन्माएर फालिएको शिशुको जीवितै उद्धार !

केटी मावल जाँदा दिपेन्द्र संग चिनजान भएको र दिपेन्द्र भलिबल खेलाडी भएकोले केटीको घरतिर खेल्न आईरहँदा दुबैमा प्रेम गाढा हुँदै गएपछी आपसमा लसपस भएको उनिहरुले बताएको खुलेको छ । समाचार श्रोतका अनुसार गर्भरहे पश्चात बिनाले दिपेन्द्रलाई बिबाह गर्न दबाब दिँदै आएकी थिईन् । दिपेन्द्रले बिबाह गर्छु भन्दै फकाउदै आएका थिए । त्यत्तिकैमा २०७७ जेठ १२ गते बिहान ७ बजे बिनाले आफ्नो घर नजिकैको गोठमा छोरालाई जन्म दिईन् । उनकी आमाले बिनालाई दिपेन्द्रलाई फोन गरेर बोलाउन लगाईन् । दिपेन्द्र १० बजे बिनाको घरमा आए । बिनाकी आमाले दिपेन्द्रलाई छोरी र शिशुलाई लैजान भनिन् । दिपेन्द्रले घरमा मेरी अर्की श्रीमती छ, बिनालाई लैजान्न तर छोरा भने लैजान्छु भने । उनिहरुमा बिबाद भयो । त्यो दिन बिबाद मै बित्यो । त्यस्को भोलि पल्ट असार १३ गते पनि दुबेमा समझदारी बनेन । भैँसीको दुध खुवाएर भएपनि पाल्छु भन्दै दिपेन्द्रले नवजात शिशुलाई लिएर दिउसो साढे १ बजे त्यहाँ बाट निस्किए ।

नवजात शिशु रोएको सुनेपछी स्थानीय एक महिलाले शिशुलाई कसले फ्याँके होला भन्दै घरमा लगेर गईन् । शिशुलाई दुध खुवाउने तेल लगाउने काम भयो । गाउँमा हो हल्ला भयो । यस्को सूचना स्थानीय प्रहरीलाई दिइयो । तत्पश्चात ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा आएको टोलीले शिशुलाई लिएर बुर्तिवाङ आएका हो ।

प्रहरीले अभियुक्तहरुसंग घटना बारे सोधपुछ गरिरहेको बताएको छ । भैँसीको दुध खुवाएर भएनि पाल्छु भनेर छोरालाई लिएर हिँडेका दिपेन्द्रले छोरालाई बेबारिसे अवस्थामा फ्याँकेर छोड्नुको कारण बारे प्रहरीले सोधपुछ गरिरहेको विश्वास गरिएको छ ।आमा बिनालाई छोराप्रति मायाँ जागेर आएको छ । छोरालाई मैले पाउछु कि पाउँदिन भन्ने अमालाई चिन्ता छ । अहिले उनमा ममत्व पलाएको छ ।

नवजात शिशुको अहिले बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । शिशुको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्र श्रोतले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments