टिकाराम भट्टराई, बुर्तिबाङ २०७७ असार १६ । ढोरपाटन नगरपालिकाका कृषकहरुलाई फलफुलका बेर्ना बितरण कार्य सुरु गरिएको छ । ढोरपाटन नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषकहरुलाई आपँ,सुन्तला र कागतिको बेर्ना बितरण कार्य सुरु गरिएको ढोरपाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र प्रसाद अधिकारीले बताए ।
नगरपालकिाले १ लाख २० हजार मुल्य बराबरको आँपको बेर्ना १ हजार, सुन्तलाको बेर्ना २ हजार र कागतीका बेर्ना ३ हजार धनकुटाको पाथीभरा नर्सरीबाट लिई नगरपालकिा भित्रका ९ ओटै वडाका कृषकहरुलाई बितरण कार्य सुरु गरिएको शाखा प्रमुख अधिकारीको भनाई रहेको छ ।
अहिले आप र कागतीको बेर्ना आईपुगेको र केहि दिनमै २ हजार वटा कागतीका बेर्ना पनि आईपुग्ने बताउदै अधिकारीले कृषकको माग बढि रहेकाले १ जना कृषक बराबर कागतीको १५ बेर्ना र आँपको १० ओटा बेर्ना बाडिएको बताए ।
एउटा कागतीको बेर्नाको मुल्य रु ३० पर्ने भएपनि कृषकलाई जम्मा १५ रुपैयाँ तिर्नु पर्ने छ भने १ सय पर्ने आँपको बेर्नालाई रु ५० तिर्नु पर्ने छ । बेर्ना बाकीँ रहुनजेल वितरण कार्य जारी रहने समेत जनाईएको छ ।