प्रकाश छन्त्याल बरेङ २०७७ असार १६ । बागलुङको जैमिनी नगरपालिका वडा न। १० राङखानी किटेनी अवस्थित जनता प्राथमिक बिध्यालय लगातार परेको अविरल बर्षाको कारण नाजुक अवस्थामा पुगेको छ । गत बर्ष निर्माण गरेको २ कोठे भवन बाहेक पुराना निमार्णधीन भवनको माथीको भाग र पछाडीको भाग देखि पहिरोले पुरिने र पहिरोले भत्काउने गर्दा भवनमा क्षेति पुगेको हो ।
्कोबिड(१९ का कारण बिध्यालय बन्द रहेको र बिध्यार्थीहरुलाई टोल टोलमा पठन पाठन गराउन बाध्य भएको अवस्था रहेको छ । बिकास संगै बिनास पनि निम्त्याउछ भने जस्तै बिगतका दिनमा मोटर बाटो बिस्तारको कारण बिध्यालयको अवस्था यस्तो हुन गएको हो ।
बिध्यालय भवन अबको यो नाजुक अवस्था र कोविड १९ को कारण छिट्टै पुनः निर्माणमा पनि समस्या परेको छ । यसै गरि बिध्यालय ब्यबस्थापनको लागि नगरपालिका , जिल्ला समन्वय समिती र प्रदेश सरकार सङ्ग भवन पुनः निर्माणको लागि यस अगाडि कागजात पेश समेत सम्बन्धित निकायमा गरेको बिध्यालयका प्रधानाध्यापक कृष्णा श्रीसको भनाई छ ।
बिध्यालय पुनः निर्माणको लागि सुरक्षित ठाउँमा सम्बन्धित निकायको ध्यानाकर्षण गराई भवन निर्माणको कार्य अगाडी बढाउनु पर्ने बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश छन्त्यालले बताए ।
हाल कार्यलयको कागजात सामुदायिक भवनमा सारिएको छ भने अरु भौतिक समानहरु पनि सुरक्षित स्थानमा संरक्षण गर्नु पर्ने देखिएकोले सम्पुर्ण सम्बन्धित निकायले सहयोग गरि सहज वातावरण बनाई दिन बिध्यालय परिवारले अनुरोध गरेको छ ।