सोम शर्मा बागलुङ २०७७ असार १६ । आजै मात्र बागलुङ जिल्लाका ६८ जना कोरोनालाइ जितेर घर फर्केका छन। धौलागिरी अस्पतालको आइसोलेसन र धौलागिरी क्याम्पसको प्रीआइसोलेसनबाट ५३ जना डिस्चार्ज भएका हुन। यसैगरी गल्कोट नरेठाँटी स्थित स्वास्थ्य चौकीको प्रि आईसोलेशनमा बसेका मध्य १५ जनाको पीसीआर रिपोर्ट नेगेटिव आएपछी उनिहरुलार्ई पनि डिस्चार्ज गरिएको हो । उनिहरु सबैको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका सूचना अधिकृत तिर्थराज गौतमले बताए।
डिस्चार्ज हुनेमा काठेखोला गाउपालिकाका १२ जना बागलुङ नगरपालिकाका ११ जना ताराखोला गाउपालिकाका ७ जना बडीगाड गाउपालिकाका ४ जना गल्कोट नगरपालिकाका ९ जना बरेङ गाउंपालिलाकाका ६ जना र जैमिनी र ढोरपाटन नगरपालिकाका २र२ जना रहेका छन।
बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका २३ जना आजै घर गएका छन भने अन्यलाई सम्वन्धित पालिकाबाट लिन नआएसम्म आइसोलेसनमै रहने अस्पतालले जनाएको छ।
बिदाई भएर घर फर्किने सबैलाइ कम्तिमा पनि २ हप्ता होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता गराएर पठाइएको छ। बागलुङमा कोरोना संक्रमित को संख्या १९५ रहेकोमा ९२ जनाले कोरोनालाई जितेका छन।
अब धौलागिरी अस्पतालको आईसोलशनमा १३ जना र धौलागिरी क्याम्पसको प्रि आईसोलेशनमा १३ जना संक्रमितहरु रहेको अस्पताल श्रोतले जनाएको छ ।
यसैबीच भारतबाट आइ ताराखोलाको क्वारेन्टाइनमा बसिरहेका ३२ बर्षका युवकलाइ कोरोना संक्रमण पुष्टि भएको ताराखोला गाउँपालिका स्वास्थ्य शाखा सह संयोजक दिपक खड्काले जानकारी दिए।