भरत सापकोटा, बागलुङ २०७७ असार १६ । बागलुङ जिल्लाको बिहुँबाट जापान गएर होटेल रेष्टुरेण्ट, यातायात लगायतको व्यापार व्यवसाय सन्चालन गर्दै आएका चर्चित व्यवसायी काठेखोला गाउपालिका वडा ५ कर्लिम निवासी बालकृष्ण सुवेदीका छोरा दिपक सुवेदीले आफ्नो जन्मदिनको अवसरमा बिहुँ रामकोट स्थित त्रिपुरेश्वर महादेव मन्दिरमा कोभिड १९ बाट पीडित निमुखा गरीव पिपन्न बर्ग जो कोहि पनि भोकै बस्न नपरोस भन्ने उद्देश्यका साथ रु १ करोडको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् ।
ईबागलुङका प्रतिनिधी भरत सापकोटा संग टेलिफानमा कुरा गर्दै व्यवसायी सुवेदीले अक्षयको कोषको व्याजबाट शिवालयमा आउने गरीब विपन्नहरुलाई निशुल्क भोेजनको व्यवस्था गर्ने जानकारी दिए । उनले प्रशिद्ध रामकोट स्थित त्रिपुरेश्वर मन्दिर एवं त्यस्को धार्मिक एवं पर्यटकीय महत्वलाई उजागर गरी व्यापक गराउन समेत आफु सक्रिय रहने बताए ।
समाजसेवी सुवेदीले आज असार १६ गते (जुन ३० तारीख़) मेरो जन्मदिनको उपलक्ष्यमा बिभीन्न संचार तथा सामाजिक सन्जालका माध्यमबाट शुभकामना सन्देश,आशिर्वाद दिनुहुने मेरा सम्पूर्ण परिवार,आफन्तजन,मान्यजन,साथिभाई तथा शुभचिन्तकहरु सबैमा एकमुष्ट रुपमा हार्दिक आभार ब्यक्त गर्न चाहन्छु यसरी हजुरहरुबाट पाएको माया,साथ,सहयोग र हौसला नै मेरा लागि प्रेरणाका स्रोतहरु हुन।आऊने दिनहरुमा पनि यसरी नै हजुरहरुको माया,साथ,सहयोगको अपेक्षा गरेको बताएका छन् ।
COVID-19, कोरोनाको कहरबाट सारा बिश्व नै आक्रान्तित बनिरहेको बेलामा हामी सबैको दैनिक जनजीवन अस्त ब्यस्त हुनुका साथै व्यापार ,व्यवसाय,रोजगार लगायत सबै कुराहरु चौपट नै भएका छन।यसरी दैनिक जिवनमा परेको नकारात्मक प्रभावले गर्दा कतिपयको बिहान बेलुकी छाक टार्न समेत नसकिने डर लाग्दो अवस्था सिर्जना भएको छ। यस्तो विषम परिस्थितिमा आफ्नो गाउँ ठाउँमा मैले व्यक्तिगत रूपमा गर्न सक्ने कार्यहरू खोजी गर्दा,कांठेखोला गाऊँपालिका (साबिक बिहुँकोट) तथा आसपासमा बसोबास गर्ने जो कोहि पनि भोकभोकै मर्न नपरोस भन्ने उदेश्यका साथ रामकोट धाम(शिवालय) मा दिपवे फ़ाउण्डेशन (DIPAWAY FOUNDATION) अन्तर्गत एक करोड नेपाली रुपैया ( १,००,००,००० ) को अक्षयकोषको स्थापना गरी सो कोषबाट दैनिक खानाको लागि “निःशुल्क भोजनालय” व्यवस्था गर्ने निर्णय गरेको उल्सालृख गरेका छन । यस कार्य बाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा बाग्लुगं जिल्लाकै चर्चित पर्यटकिय तथा पबित्र धार्मिक स्थल “रामकोट धाम”को पर्यटन प्रवर्धनमा पनि बिशेष सहयोग पुग्ने अपेक्षा लिएको बताएका छन् । यस पबित्र कार्यमा यहॉहरु सबैको साथ सहयोग र सुझाबको अपेक्षा गरेको समेत बताएका छन् ।
0:01
0:58
0:57
4 Comments