Sorry, that menu does not exist.
 

बुर्तिबाङमा जसरी पनि साउन मसान्त भित्र केन्द्रिय विद्युत प्रशासरण लाईन बाल्छौँ – प्रमुख गोशाली

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असार २० । दश नमुना शहर मध्येको एक बुर्तिबाङ बजारमा पछिल्लो समय विद्युत अवरुद्ध हुँदा आधा भन्दा बढि बजार तथा आसपासका गाउँ अन्धकार मय भएको छ् । बजारमा तिनवटा विद्युत आयोजना अवरुद्ध हुँदा बजार अन्धकार बन्नुका साथै उद्योग, कलकारखाना देखि व्यवसायीलाई समेत समस्या सृजना भएको छ । बुर्तिबाङ बजार नजिकै रहेको आरसिजी पहिलो र दोश्रो लघुजलविधुत आयोजना पहिरोले अवरुद्ध बनाउँदा उक्त आयोजना सञ्चालनमा आउने निश्चत छैन् ।

हालसम्म क्षेति भएको क्षेत्रमा काम समेत भएको देखिँदैन, त्यसैगरी ढोरपाटन नगरपालिका ३ बाट ल्याइएको रिठाखोला लघुजलविद्युत आयोजनाको ट्रान्फर्मरमा आएको समस्याका कारण एक हप्ता बढि समय उक्त आयोजना समेत बजार क्षेत्रमा अवरुद्ध बन्दा बजारबासीलाई विद्युतमा समस्या सृजना भएको छ । बजार सँगै ढोरपाटन नगरपालिका २ को सेरा, कुत्थाप्ला, तारीखेतमा समेत विद्युत नहुँदा गाउँ अन्धकार बनेको छ ।

२०७५ सालदेखि बुर्तिबाङ बजार तथा आसपासलाई लक्षित गर्दे केन्द्रिय विद्युत प्रसारण लाईन ल्याउने प्रयास भएपनी अझैसम्म सार्थकता पाउन नसक्दा स्थानियबासीमा थप नैराश्यता पैदा भएको छ ।
पटक पटक केन्द्रिय विद्युत आयोजना सुचारु हुने विद्युत आयोजनाले आश्वासन दिने गरेपनी हालसम्म केन्द्रिय विद्युत आयोजना सुचारु भएको छैन । गत चैत्र मसान्त सम्म काम सकेर बैसाख १ गते उद्घाटन गर्ने लक्ष्य रहेको बताइएपनी कोभिड १९ का कारण आयोजनाको काम अवरुद्ध हुँदा हालसम्म विद्युत सञ्चालनमा ल्याउन नसकिएको केन्द्रिय विद्युत प्रशारण वितरण केन्द्र आयोजना बागलुङले जनाएको छ । कोभिड १९ का कारण लकडाउन हुँदा कामदारले काम गर्न नपाएका कारण विद्युत सञ्चालनमा ढिलाई भइरहेको आयोजनाको दाबी छ ।

विद्युत विस्तारका निम्ती पोल गाड्ने, तार ताँगने देखि विभिन्न ६ स्थानमा ट्रान्सफर्मर जडानको काम समेत सकिएका कारण जसरी भएपनी साउन मसान्त सम्म विद्युत बाल्ने गरी काम थालिएको केन्द्रिय विद्युत आयोजना बागलुङका प्रमुख शिव गोशालीले बताए ।

उनले गल्कोट नगरपालिकाको हरिचौर शव स्टेशन क्षेत्रमा केहि समस्या रहेको र त्यसकौ व्यवस्थापनको काम भइरहेका कारण तत्काल बुर्तिबाङ सम्म आएको लाईनमा विधुत टेस्ट गर्ने, पहिरोका कारण ढलेका पोल व्यवस्थापन गर्न लगाउने र हरिचौरमा ट्रान्सफर्मर व्यवस्थापन गरेर साउन मशान्त सम्म बुर्तिबाङ क्षेत्रका जनताको विद्युत समस्या समाधान हुने प्रतिबद्धता जनाए । महत्वपूर्ण काम सकिएका कारण अव सामान्य काम मात्र रहेको हुँदा समयमै विद्युत बल्ने उनको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !