Sorry, that menu does not exist.
 

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति बने निसीखोला-२ का २९ वर्षिय युवक !

सोम शर्मा, बागलुङ २०७७ असार २१ । गए राति ढोरपाटन नगरपालिका ४ स्थित छोरेगाउँ माबिको क्वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउपालिका २ देविस्थानका २९ वर्षिय युवकको पीसीआर रिपोर्ट पोजेटिब आएको छ । स्वास्थ्यमा समस्या आइ लकडाउनको अबधिमै भारत गएका उनी असार १ गते भारतबाट फर्किएका थिए। सुरुमा उनलाइ उत्तरगंगाको क्वारेन्टाइनमा राखिएको भएपनी पछि ससुराली आएको बेलामा उनलाइ फेरि ढोरपाटनको वडा नं ४ स्थित छोरेगाउं माविमा राखिएको थियो,। उनको असार १२ गते स्वाब लिइएकोमा आज मात्रै उनको मृत्यु पश्चात रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए।

उनको मृत्युपश्चात मृतक शव ब्यबस्थापनको लागि सेना र प्रहरी खटाइएको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले जानकारी दिए। उनलार्इ नियामानुसार सतगत गर्छौं उनले भने, हामी त्यस्कै तयारीमै छौं कहाँ र कसरी सतगत गर्ने त्यस्को टुंगो लागिनसकेको नेपालीको भनाइ छ । यससंगै बागलुङमा समेत कोरोनाबाट १ जनाको मृत्यु भएको छ।

ढोरपाटन- ४ स्थित छोरेगाउँ माबि क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, रिपोर्ट आउन बाँकी !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

25 Comments