रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको पत्रकार भेटघाट कार्यक्रममा आज मात्र २९३ जनाको रिपोर्ट पोजिटिभ आएपछी नेपालमा कोरोना संक्रमितहरुको संख्या १५७८४ पुगेको छ ।
प्रवक्ता डा. गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार पाँच सय ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा १३२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा चार हजार सात सय १० जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइन ३१ हजार पाँच सय ७३ जना रहेका छन् । ९ हजार दुई सय ३ जनाको भने आइसोलेसनमा उपचार भइराखेको छ ।
कञ्चनपुरमा ३२ जना, रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७/२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२/१२ जना र प्युठानका ११ जना छन् । डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७/७ जना, बर्दियाका ५ जना, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४/४ जना, डोटीका ३ जना, ताप्लेजुङ, झापा, मोरङ, कपिलवस्तु, रुपन्देही तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २/२ जनामा संक्रमण पुष्टि भएको छ । पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तपुर, सल्यान, इलाम, म्याग्दी, धादिङ, बागलुङ, लजजुङ, गोरखा, नवलपरासी, स्याङ्जा र अछाममा एकरएक जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।