Sorry, that menu does not exist.
 

बुर्तिबाङमा प्रहरीव्दारा ७५ लिटर घरेलु मदिरा तथा कच्चा पदार्थ बरामद गरी नष्ट !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असार २१ । बुर्तिबाङमा प्रहरीव्दारा ७५ लिटर घरेलु मदिरा तथा मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय बुर्तिबाङको सक्रियतामा बुर्तिबाङ स्थित मिना होटलबाट जफत गरिएको ५५ लिटर तयारी मदिरा र २० लिटर मदिरा बनाउन तयारी अवस्थामा राखिएको कच्चा पर्दाथ जफत गरी नस्ट गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीले बताए ।

मिना होटलका सञ्चालक भने केहि दिन पहिले गाँजा चरेस सहित प्रकाउ परेका थिए । मदिरा नस्ट गर्ने कार्यक्रममा ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुवँर, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

49 Comments