सोम शर्मा, बागालुङ २०७७ असार २२ । कोरोना संक्रमणबाट ज्यान गुमाएका बागलुङ जिल्लाका पहिलो व्यक्ति निसीखोला गाउपालिका २ देविस्थानका २९ वर्षिय सुनिल बिकको शव व्यवस्थापन गरिएको छ ।
उनको शवलाई ढोरपाटन नगरपालिका -४ लुकुरबनको किनारमा खाल्डो खनेर सुरक्षाकर्मीव्दारा व्यवस्थापन गरिएको छ । बागलुङ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुने विक पहिलो व्यक्ति हुन् ।
मृतकको शवलाइ नेपाली सेना नेपाल प्रहरी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिको उपस्थितिमा लुकुरबनको खोला जुन छपारे गाउंको केही तल पर्छ सोही घाटमा लगि गाडिएको ढोरपाटन नगरपालिका वडा नंबर ४ का वडा अध्यक्ष तिलक पुनले जानकारी दिए।
उक्त शवलाइ स्काभेटरको प्रयोगले खाडल खनी त्यो खाडल र शवलाइ सेनिटराइज गरि गाडिएको पुनको भनाइ थियो। गत राती करिब ७ बजेको समयमा शवलाइ गाडिएको थियो, सो समयमा मृतकक परिवार क्वारेन्टाइनमा बसेकाले परिवार भने उपस्थित नभएको पुनले बताए। नेपाली सेनाले शवलाइ सलामी दिएको थियो भने उक्त शव गाड्ने क्रममा स्थानियमा विभिन्न त्रास फैलिएपनी अबरोध भने आएन पछि सबैलाइ सम्झाइ बुझाइ गरेर कम्भिन्स गरेउं पुनले इबागलुंङ्लाइ बताए।
यी लिंकपनि पढौँ
छोरेगाउँ माविको क्वारेन्टाइनमा अर्का पनि छन् कोरोना संक्रमित : के भन्छन् वडाध्यक्ष पुन ?
बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति बने निसीखोला-२ का २९ वर्षिय युवक !