Sorry, that menu does not exist.
 

बरेङका क्वारेन्टाईनमा रहेका १७३ जना र आईसोलेशनमा रहेका संक्रमित १५ जना निको भएर घर फर्किए

प्रकाश छन्त्याल, बरेङ २०७७ असार २३ । बागलुङको बरेङ गाउँपालिकामा गत २०७६ चैत ३ गतेदेखि २०७७ असार २२ गते सम्म कोविड १९ का कारण कोरेन्टाइनमा हाल सम्म बसेका १९६ जना मध्ये १७३ जना घर फर्केका छन भने २३ जना कोरेन्टाइनमा रहेका छन ।

यस बरेङ गाउँपालिकामा १९६ जनामा १८ जनालाई संक्रमण देखिएको थियो । जसमध्ये १५ जना निको भएर घर फर्केका छन् । ३ जना संक्रमित बागलुङको धौलागिरी अस्पतालमा उपचाररत रहेको बरेङ गाउँपालिका स्वास्थ संयोजक पदम बहादुर पुनले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !