Sorry, that menu does not exist.
 

राजमोव्दारा ढोरपाटन नगरपालिका – ४ का वडाध्यक्ष पुन सहित तीन जना सदस्य पार्टीवाट निष्काशित !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार २३ । राष्ट्रिय जनमोर्चाले ढोरपाटन नगरपालिका वडा नं ४ का वडाध्यक्ष तिलक पुन र सदस्यहरु तिलबहादुर फगामी र गनबहादुर फगामीलाई पार्टीबाट निष्काशित गरेको छ। खोलामा राहत सामग्री बगाएको आरोपमा उनीहरुमाथि कारबाही गरिएको राजमो अध्यक्ष चित्रबहादुर केसीले स्पष्ट पारेका छन्।

यही असार १३ गते ढोरपाटन नगरपालिका खुंगाका विपन्न परिवारलाई बाँड्न लगिएको करिब एक लाख रुपैयाँको राहत सामग्री वडाध्यक्ष पुनको निर्देशन र सदस्यद्वय फगामीको संलग्नतामा खोलामा बगाउनुका साथै दुई जनालाई कुटपीट गरी घार्इते बनाएका थिए।

प्रवासी नेपालीले आफ्नो गास काटेर विपन्न वर्गका लागि विदेशबाट पठाएको राहत खोलामा बगाएर आपराधिक कार्य गरेकोले कारबाही गरिएको अध्यक्ष केसीद्वारा म‌ं‌गलबार जारी विज्ञप्तिमा उल्लेख छ।

वडाध्यक्ष पुन सहित दुई वडासदस्य यसअघि पनि गाउँमा कुटपीट गरेको घटनामा संलग्न भएकाले अनुशासनको कारबाहीमा रहेको बताइएको छ। राजमो बागलुङले घटनाबारे छानबिन गरी पठाएको प्रतिवेदनका आधारमा तीनै जना जनप्रतिनिधि दोषी देखिएकोले कारबाही गरिएको अध्यक्ष केसीले मंगलबार विज्ञप्तिमार्फत जनाएका छन्।

यस्तो छ म‌ं‌गलबार जारी विज्ञप्ति-
‘बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. ४ खुँगामा कोरना भाइरसको कारण समस्यामा परेका सर्वसाधारण जनतालाई राहत दिन विदेशमा रहेका प्रवासी, प्रवासी युवा संघ दूरलेकले पठाएको सहयोग रकमबाट खाद्यन्न खरिद गरी असार १३ गते ट्रयाक्टरबाट लैजाँदै गर्दा केही व्यक्तिहरुले बिच बाटोमा आक्रमण गरी उक्त सबै खाद्यन्न खोलामा फ्याकिदिएको र विरामीलाई उपचार गर्न पठाएको नगद समेत खोसेर लगेका थिए ।

उक्त आक्रमणमा परी सोही ट्रयाक्टरमा राहत वितरण गर्न गएका डिलबहादुर सेरबुजा र ट्रयाक्टर ड्राइभर घाइते समेत भएका छन् । उक्त घटना अपराधपूर्ण र निन्दनीय घटना हो । त्यो घटनाको राष्ट्रिय जनमोर्चा बाग्लुङले छानवीन गरी रिपोर्ट पठाएको छ ।

उक्त रिपोर्ट अनुसार राष्ट्रिय जनमोर्चाको तर्फबाट बडा नं. ४ का अध्यक्ष तिलक पुनको निर्देशन र निर्वाचित सदस्यहरु तिलबहादुर फगामी र गनबहादुर फगामी उक्त घटनामा संलग्न देखिएकोले उनीहरु तीनै जनालाई राष्ट्रिय जनमोर्चाको सदस्यताबाट समेत निष्काशन गरिएको छ । उनीहरु गत कात्तिकमा भएको कुटपीटको घटनामा पनि संलग्न भएकाले अनुशासनको कारवाहीमा थिए ।
यी लिंकहरुपनि पढौँ
वडाध्यक्ष पुनमाथि सांघातिक आक्रमण, टाउकोमा ३२ टाँका : राजमो अध्यक्षले पाए मुखभरीको जवाफ !
बिदेशमा रहेका युवाहरुले पठाएको रकमबाट खरीद गरिएको एक लाखको राहत सामाग्री खोलामा !
राहत सामाग्री खोलामा बगाउने बिरुद्ध पक्राउ पुर्जी जारी : एकजना वडा सदस्य सहित ६ जना अभियुक्त भागाभाग !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

18 Comments