Sorry, that menu does not exist.
 

स्वर्गीय सांसद छन्त्यालको सातौ पुण्य तिथीमा बुर्तिवाङमा शोक सभा : सबैका आँखा देखि झर्यो आँशु !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असार २३ । सँघिय साँसद एवम नेपाली काँग्रेसका सक्रिय सदस्य ज्ञानकुमारी छन्त्यालको सातौँ दिनको पुण्य तिथीमा बुर्तिबाङमा शोक सभा सम्पन्न भएको छ । ६३ बर्षको उमेरमा उपचारको क्रममा भएको निधन प्रति आज सातौँ दिनको पुन्य तिथी पारेर नेपाली काँग्रेस ढोरपाटन नगरपालिकाको आयोजनामा गरेको हो ।

शोकसभामा बक्ताहरुले साँसद छन्त्यालले पार्टी तथा पश्चिम बागलुङको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै हार्दिक श्रद्धान्जलि अर्पण गरिएको थियो ।
नगर सभापती शालिकराम शर्माको अध्यक्षतामा आयोजित कार्यक्रमका अवसरमा स्र्वर्गिय साँसदको तस्विरमा माल्यार्पण गर्दै स्वर्गीय सांसद छन्त्याल जस्तो एक सशक्त महिला नेतृ एवं अगुवा व्यक्तित्व गुमाउनु पर्दा सबैको आँखा रसाएका थिए ।

साँसद छन्त्याललेबागलुङको पश्चिम क्षेत्रमा अतुलनीय योगदान गर्नुका साथै विकासका दृष्टिकोणले सडक, पुल लगाएत धेरै विकासका काममा जनताको समस्या र आवस्यकता परिपुर्ति गरेको स्मरण गर्दे महिलालाई अगाडी बढन््् र आफना हक अधिकार सुनिस्चित गर्न समेत अहम भुमिका रहेको चर्चा गर्दे बुर्तिबाङमा मालपोत, नापी कार्यालय ल्याउन देखि धेरै विकासका काममा साँसद छन्त्यालले खेलेको भुमिकाको प्रशँसा गर्दे स्वर्गिय आत्माको चिर शान्तिको कामना सहित बैकुण्ठ बासको कामना गरी परिवार जनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भनी कामना गरीएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस पुर्व जिल्ला सदस्य मेषलाल शर्मा, महाधिवेशन प्रतिनिधी सोम पौवी, नेपाल शिक्षक सँघ ढोरपाटन नगर सम्योजक निम बहादुर जिसी, नेपाल दलित महिला सँघ केन्द्रिय प्रतिनिधी दिलमाया पौवी, जनप्रतिनिधी तमानखोला गाउँपालिका पार्टी सम्योजक खगेन्द्र मान पुन लगाएत नेपाली काँग्रेसमा आस्थावान नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

कार्यक्रम बुद्ध सिर्पालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यसैगरी निसीखोला गाउँपालिका नेपाली काँग्रेसले समेत शोक सभा कार्यक्रम सम्पन्न गरेको छ । पार्टी सभापती इन्द्रबहादुर मल्लको अध्यक्षतामा पार्टीका नेता, कार्यक्रता, जनप्रतिनिधी, भातृ सँगठन लगाएतको उपश्थितीमा शोकसभा गरीएको जनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !