Sorry, that menu does not exist.
 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोरेटो निर्माण कार्य निसीमा सम्पन्न !

कुमबिर बिश्वकर्मा,निसीखोला २०७७ असार २४ । बाग्लुङ जिल्लाको निसीखोला गाउ पालिका वडा नम्बर -५ स्थित प्रधानमन्त्री रोजगार कार्यक्रम द्वारा चार लाख रुपैयाँ विनियोजित भएको थियो । उक्त रकम द्वारा निसी बाट घम्पो हुँदै सम्पो टापु ,ढोरपाटन जोड्ने गोरेटो बाटो खन्ने काम सम्पन्न भएको छ । गोरेटो निर्माणमा वडा भित्रबाट बेरोजगार फर्म भरि नाम आएकाहरुले मात्र पाँच दिन सम्म दुइ किलोमीटर गोरेटो बाटो खनेको वडा सदस्य तेजेन्द्र पुन मगरले जानकारी दिनु भएको छ । बेरोजगार युवाहरु दैनिक ७० देखी ८० जनाको उपस्थितीमा गोरेटो बाटो खनेका थिए ।

निसीबाट घम्पो हुँदै सम्पो टापु र पर्यटकीय क्षेत्र ढोरपाटन सम्म पुग्न उक्त बाटो बाट धेरै नजिक र सहज हुने गर्दछ । सम्पो टापुमा विशेष गरि बर्खायाममा गाइ बस्तु लगेर जाने र त्यही बसोबास गर्ने गर्दछन ,साथै त्यहाँ जडिबुटी र जंगली जनावरहरु समेत पाइने गर्दछन । अगामी दिनमा सम्पो टापुमा पर्यटकहरुको लागी गुम्बा र मन्दिर निर्माण ,पाटी पौवा निर्माण ,भ्यु टावर निर्माण लगायत बिकास निर्माणहरु गर्ने वडा सदस्य तेजेन्द्र पुन मगरले बताउनु भएको छ ।

सम्पो टापु बाट पर्यटकिय क्षेत्र कोठी भिर,निसीखोलाका विभिन्न आकर्षक ठाउँहरु,ढोरपाटनका उच्च बुकि क्षेत्रहरु, लगायत केहि हिमालहरुको समेत अबलोकन गर्न सकिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !