Sorry, that menu does not exist.
 

टेलिफोन संवाद : राहत सामाग्री खोलामा बगाउन निर्देशन दिएको गम्भीर आरोप लागेका वडाध्यक्ष पुन के भन्छन ?

सोम शर्मा, बागलुङ २०७७ असार २४ । ढोरपाटन नगरपालिका- ४ का वडाध्यक्ष तिलक पुन अहिले चर्चामा छन् । प्रथमत: गत असार १३ गते बैदेशिक रोजगारीमा रहेकाहरुले संकलन गरी पठाएको रकमबाट खरीद गरी ढोरपाटन ४ खुँगाका विपन्नलाई वितरण गर्न बुर्तिवाङबाट ट्याक्टरमा लगिदै गरेको एक लाख बराबरको राहत सामाग्री नियन्त्रणमा लिएर खोलामा बगाउन निर्देशन दिएको उनिमाथी गम्भीर आरोप लागेको छ र अर्कोे यसै घटनालाई लिएर राष्ट्रिय जनमोर्चाले उनि समेत तीन जनालाई पार्टीबाट निष्काशित गरेको घटना ।
राजमोव्दारा ढोरपाटन नगरपालिका – ४ का वडाध्यक्ष पुन सहित तीन जना सदस्य पार्टीवाट निष्काशित !
वडाध्यक्ष पुनले राहत सामाग्रीलाई नियन्त्रणमा लिन लगाई खोलामा बगाउन लगाउनुको कारण र राष्ट्रिय जनमोर्चाले उनी समेत तीन जनालाई पार्टीबाट निष्काशित गरेको बारे उनको धारणा के छ ? यसै सेरोफेरोमा रहेर ईबागलुङले वडा अध्यक्ष पुनसंग यस विषयमा टेलिफोन संबाद गरेका थियौं । सुनौं उनि संग ईबागलुङ सम्वाददाता सोम शर्माले गरेको टेलिफोन संवाद :

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment