Sorry, that menu does not exist.
 

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५०० नाघ्यो !

बागलुङ २०७७ असार २५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार विगत २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनका अनुसार ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६५३१ पुगेको छ ।

संक्रमित हुनेमा सुनसरीका १, झापाका १, सप्तरीका २, धुनषाका २, सिरहाका ४, दार्चुलाका १, डोटीका २, काठमाडौंका ५, नुवाकोटका १, सर्लाहीका १, चितवनका ४, नवलपरासी पूर्वका १, मकवानपुरका १, बागलुङका ३, सिन्धुपाल्चोकका १, तनहुँका २, म्याग्दीका २, गोरखाका २, कास्कीका ४ , लमजुङका ५ , बाँकेका २, दाङका ७, दैलेखका ३, मुगुका २, सुर्खेतका १८, बझाङका १६, अछामका ४, बाजुराका २, कञ्चनपुरका २ र कैलालीका ८ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा थप १३९ जना कोरोना संक्रमित निको भएको जनाएको छ । यो सँगै हालसम्म निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट २ लाख ७१ हजार १४५ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ४ हजार ५ सय ८८ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २४ हजार ४२५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ६०५ जना छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !