Sorry, that menu does not exist.
 

बागलुङमा कोरोना सक्रमण : संक्रमित २१२ जनामा १६७ डिस्चार्ज, ५०९ जना क्वारेन्टाईनमा, एक जनाको मृत्यु !

सोम शर्मा, बागलुङ २०७७ असार २५ । बागलुङ जिल्लामा हाल सम्म कोरोना संक्रमण पुष्टि भएका कुल २१२ जनामा १६७ जना निको भएर घर गएका छन् । धौलागिरी अस्पतालमा ३ जना, धौलागिरी क्याम्पसमा ११ जना, नरेठाँटी स्वास्थ्य चौकीमा १२ जना, बुर्तिवाङ स्वास्थ्य केन्द्रको आईसोलेशन केन्द्रमा ३, निसीभुजी जनता क्याम्पसमा ५ र बानपा १ बहिरा आवासीय केन्द्रमा ९ जना गरी जम्मा ४३ जना आईसोलेशनमा रहेर उपचार गरिरहेको स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ । यसैवीच ढोरपाटन नगरपालिका ४ को क्वारेन्टाईनमा कोरोना संक्रमण पुष्टि भएका एक जना २९ वर्षिय युवकको मृत्यु भएको छ । उनको मृत्यु पछी कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार हाल बागलुङ जिल्लाका क्वारेन्टाईनहरुमा जम्मा ५०९ जना रहेका छन् ।

खासगरी भारतबाट जिल्लावासीहरु घर फर्किने सिलसिला सुरु भएपछी नै जिल्लामा कोरोनाको कहर देखिएको हो । ढोरपाटन नगरपालिका ४ मा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएपनि उनि दीर्घ रोगी भएकाकारण उनको प्रतिरोधक क्षमता कम भएका कारण मृत्यु भएको आँकलन गरिएको छ । उनि बाहेक आईसोलेशन केन्द्रमा उपचाररत कसैको स्वास्थ्य अवस्था जटिल नभएको चिकित्सकहरुले बताएका छन् । जिल्लाको कोरोना उपचारलाई अध्ययन गर्दा यसको संक्रमण न्यून हुँदै गएको पुष्टि हुन्छ ।

स्वास्थ्य कार्यालय बागलुङव्दारा जारी सूचनाले पनि यसैकुरालाई ईगित गरेको देखिन्छ । भारत लगायतका देशहरुबाट घरमा फर्किएकाहरुलाईपालिकाहरुले समयमै सतर्कता अपनाएर क्वारेन्टाईन गरेकाले कोरोना संक्रमण फैलिन नपाएको स्थानीयको आँकलन छ । तर क्वारेन्टाईनमा बसेकाहरुको स्वाब परीक्षण गर्न र पीसीआर रिपोर्ट आउन हप्तौ ढिलाई भएकोले क्वारेन्टाईनमा बस्नेहरुले सास्ती व्यहोर्नु परेको यथार्थता जगजाहेर नै छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !