रामप्रसाद घिमिरे, म्याग्दी २०७७ असार २६ । अबिरल वर्षाका कारण आज विहान म्याग्दी जिल्लाको विभिन्न स्थानमा गएको भीषण पहिरोमा परी २९ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिएका छन् । प्रजिअ ढकालले दिएको जानकारी अनुसार दुई जनाको शव पहिरोमा फेला परेको र एक जनालाई खोलाले बगाएको प्रत्यक्षदर्शीले देखेको बताईएको छ ।
आज विहान रहुगंगामा आएको बाढीका कारण रहुघाटको बेलिब्रिज बगाउदा म्याग्दी देखी मुस्ताङ सन्चालन हुने सवारी साधनहरु सन्चालन हुन सकेका छैनन् ।
अहिले पनि भीषण वर्षा भैरहेकाले उद्धार कार्यमा कठिनाई भएको प्रजिअ ढकालको भनाई छ । बेपत्ताहरुको खोजीकार्य जारी रहेको प्रजिअ ढकालले ईबागलुङलाई बताए ।
म्याग्दीमा पहिरोले पाँच घर बगायो, नौ जना वेपत्ता, रहुगंगाको बेलिव्रिज बगाउदा मुस्ताङ यातायात प्रभावित !
थप विवरण आउन बाँकी ।