सोम शर्मा, बागलुङ २०७७ असार २६ । कालीगण्डकीमा पानीको बहाव उच्च भएको छ। निरन्तर बर्षा परेपछि यसरी पानीको बहाव वढेको हो। पानीको बहाब बढेसंगै तटिय क्षेत्रमा बस्नेलाइ जोखिम थपिएको छ, खासगरी म्याग्दीकोे गलेश्वर, तिप्ल्याङ, बेगखोला, पोखो बगर र पर्वतको मालढुंगाको क्षेत्रमा बस्ने बस्ती, खनियाघाटको बस्तीमा जोखिम पुगेको छ ।
कालीगण्डकीमा पानीको बहाव बढेकोले तटिय क्षेत्रमा बस्नेलाइ विशेष सावधानी अपनाउन अनुरोध गर्दै बागलुंङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले नदीको कारणले त्यस्तो कहि कतै समस्या आएको जानकारी त छैन तैपनी हामीले स्थानिय निकायलाइ र सुरक्षा निकायलाई हार्इ अलर्ट रहन आग्रह गरेका छौं ।
बर्षायाम बढेसंगै मौसम पुर्वानुमान महासाखाले समेत आजदेखी ४ दिनसम्म गण्डकी प्रदेश संगै अन्य प्रदेशमा समेत यस बर्षकै उच्च बर्षात हुने सम्भावना छ भन्दै सबैलाइ सतर्क र सुरक्षित रहन आग्रह गरेको छ।
तस्बिर सौजन्य राजु खड्का
3 Comments