Sorry, that menu does not exist.
 

ताराखोलामा भएको पहिरोको क्षती जनप्रतिनिधि द्वारा अनुगमन : ९ घर परिवार स्थानान्तरण !

पूर्णभद्र निउरे ताराखोला २०७७ असार २६ । बिहिबार देखि परेको अबिरल वर्षाका कारण ताराखोलाको विभिन्न ठाउँमा पहिरोले पुर्याएको क्षतीको बारेमा आज जनप्रतिनिधीको टोलीले स्थलगत अबलोकन गरेको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश घर्ती उपाध्यक्ष दिल कुमारी पुन वडा न ५ का अध्यक्ष राम बहादुर रोका ४ का अध्यक्ष जित बहादुर र खत्री इलाका प्रहरी कार्यालय ताराखोलाको प्रतिनिधि सहितको टोलीले पहिरोबाट क्षति भएका बस्तिबस्तरमा पुगेर अबलोकन गरेको हो ।

अबलोकनको क्रममा बढी क्षति पुगेका र जोखिममा रहेका वडा न ५ का ३ र वडा ४ का ६ परिवारलाई सुरक्षीत ठाउँमा बसाइ स्थानतरण गरिएको ईलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी हवल्दार भुलचन्द्र ठकुरीले बताए ।

उनका अनुसार अधिकांश घरहरुमा घरको पछाडी र अगाडिबाट पहिरो खसेर घर चर्किएर जोखिममा रहेका र केही गोठ र शौचालय भत्किएको पाइएको छ । त्यसै गरि अबिरल वर्षा पछि खोला बढेपछि मिच्चेक घाटको झुलेङ्गे पुल समेत बगाएको छ । वडा न ५ धस्मर का पुर्णकली घर्ती , कलामती घर्ती र धन्चे घर्ती वडा न ४ बेलास्पुरका पस्त बहादुर रोका , हरि प्रसाद घर्ती, मजुवा का लेखनाथ कडेल र राम प्रसाद रोका ,पट्टीका भपिन्द्र घर्ती र खोलाखर्कका गोबिन्दलाल घर्तीको घर उच्च जोखिममा रहेकाले छिमेकी तथा आफन्तकोमा आश्रय लिएर बसिरहेको वडा न ४ का अध्यक्ष जित बहादुर खत्रीले जानकारी दिए ।

स्थलगत अबलोकन पछि गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले पहिरोबाट क्षति पुगेका हरुलाइ गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै प्राकृतिक बिपदमा नआत्तिइ सुरक्षित रहन अनुरोध गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments