Sorry, that menu does not exist.
 

तमान स्वास्थ्य चौकी वर्थिङ सेन्टर न्यु वर्नकर्नर सहित स्तरोन्नती !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असार २६ । तमानखोला गाउँपालिका ३ तमान स्थित तमान स्वास्थ्य चौकीमा रहेको वर्थिङ सेन्टर न्यु वर्नकर्नर सहित स्तरोन्नती गरिएको छ । फेयर मेड फाउन्डेशनको सहयोग एवं विवाईसी बागलुङको साझेदारीमा ग्रामिण स्वास्थ्य सुधार
परियोजना मार्फत उक्त सामाग्रि व्यवस्थापन गरिएको हो ।

रेडियन्ट वारमर मेशिन सहित न्यु वर्न कर्नर स्थापना गरिएको जनाइएको छ । उक्त मेडिन जडान पश्चात अव उक्त स्वास्थ चौकीमा जन्मने बच्चाका निम्ती बच्चा जन्मना साथ आमाको पेटमा रहेको तापक्रममा उक्त मेशिनमा राख्न सकिने छ ।

उक्त मेशिनमा राखिएको खण्डमा बच्चालाई सिताङ्ग (चिसोपना) कारण नवजात शिशुको मृत्युदर घट्ने जनाइएको छ । नवजात शिशुमा हुने छाँतिको सँक्रमण कम हुने जनाइएको छ ।
फेयर मेड र विवाईसी बागलुङको सहकार्यमा तमानखोला गाउँपालिका २ स्थित स्वास्थ्य सँस्थामा वर्थिङ सेन्टर सहित न्यु वर्न कर्नर स्थापना मेशिन जडान भइसकेको र वडा नं. ३ कै किरी गाउँमा गाउँघर क्लिनिक सञ्चालन गर्नका लागि २ कोठे भवन समते निर्माणधिन अवस्थामा रहेको फेयरमेडका प्रोजेक्टर म्यानेजर गणेश वरुवालले बताए ।

विहिबार आयोजित सेवा सुभारम्भ कार्यक्रममा तमानखोला गाउँपालिका ३ का अध्यक्ष गिरी बहादुर घर्तिको अध्यक्षता, तमान स्वास्थ्य चँैकिका प्रमुख मिन बहादुर पन्थी, फेयर मेड फान्डेशनका गणेश वरुवाल, लगाएको उपश्थिीतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !