सोम शर्मा गल्कोट २०७७ असार २९ । गल्कोट नगरपालिका वडा नंबर ५ मा आज स्थानियले तालाबन्दी गरेका छन । केही दिन अगाडि दुबईबाट आएकी एक २२ वर्षिया महिलालाइ वडा कार्यालय वरपर स्थानियलार्इ जानकारी नै नदिई होम क्वारेन्टाइनमा राखिएको बारे विवाद हुँदा स्थानीयले वडा कार्यालयमा तालाबन्दी जरेका हुन् । होम क्वारेन्टाईनमा रखिएकी युवतीको आजै पीसीआर रिपोर्ट पोजेटिव आएकोले त्यहां अन्य ब्यक्तिको आवत जावत भएकोले यस्तो गम्भीर बिषयमा पनि वडा अध्यक्ष नारायणध्वज मल्लले लापरबाही गरेको भन्दै केहि बेर स्थानीय र वडाध्यक्ष मल्लबीच घम्साघम्सी भएको प्रत्यक्षदर्शीले ईबागलुङलाई बताए ।
वडाबासीको आक्रोश झेल्न नसकेपछी वडाध्यक्ष मल्ल बीचमै छलफल छोडेर कराउदै गएपछी तालाबन्दी गरेको स्थानिय बिपिन श्रीसले बताए। न त घरकाले नै जानकारी दिए न त वडा कार्यालयले नै जानकारी दियो, अब आज उनलाइ कोरोना पोजेटिभ देखिएको छ, यसले गर्दा समाजमा झन संक्रमणको जोखिम बढेको छ, यस किसिमले समाजलाइ नै जोखिम हुने कार्यमा वडाध्यक्षकै लाचारीपन देखिनु हाम्रो लागि घातक भएको त्यहाँ उपस्थितहरुले बताए ।
यस बिषयमा वडा अध्यक्ष नारायणध्वज मल्लसंग बुझ्दा सुरुमा त उनी बोल्नै मानेनन कस्ले भन्यो यो कुरा भनेर भन्दै थिए । कतैबाट सुचना आएको हो भनी गोप्य राख्छौं सुचनाको श्रोत भनेपछी बल्ल बोल्न झोक्किएरै बोल्न थाले ूआज संक्रमितलाई ५ दिन अघि घरमा ल्याइ होम क्वारेण्टाइनमा राखिएको सत्य हो, उनलाइ हामीले सुरक्षित तबरले बस्न भनेका हौं, अब उहांले के गर्नुभयो हामीलाइ थाहा भएन, हामी कहाँ जतासुकै जन भ्याउछौं र, जाने कुरा पनि भएन, अब जे भयो भयो। भयोहोला हामीबाट गल्ती, अब किन हेर्न गएनस भनेर अन्यथा प्रश्न हामिलाइ नगर्नुस, लामो र नचाहिने कुरा नगरौं, अब कोहि त्यसरी जानेर या नजानेर नजिक भएको रहेछ भने हामीले चेक गरौं अब गल्ती किन भयो कसरी भयो भनेर नभनौं, मेरो कुरा यत्ती हो चित्त बुझे बुझ्छ नबुझे म के भनम् ,धेरै बहस नगरौ भन्दै म त्यहाबाट हिंडेको हुं त्यसपछी त्यहा साथीहरुले तालाबन्दी गर्नुभएको हो। निज संक्रमितलाइ भने धौलागिरी अस्पताल पठाइसकिएको मल्लले जानकारी दिए।
यसैवीच स्थानीय समाजसेवी दिनेश खत्रीले दिएको जानकारी अनुसार भरखरै नगरप्रमुख भरत शर्मागैरेको समुपस्थितिमा वडा कार्यालयमा लगाएको ताला खोल्ने काम भएको छ । भोलि देखिनै कन्ट्याक ट्र्ेसिङ गर्ने सहमति पछी ताला खोलिएको खत्रीले जानकारी दिए ।
संक्रमितलाई अरुलाई पत्तै नदिई राखेको भन्दै गल्कोट नगरपालिका-५ वडा कार्यालयमा तालाबन्दी !
२०७७ असार २९, सोमबार १६:४२
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ श्रावण १८, सोमबार १०:२०
गलकोटको चौराहमा बस दुर्घटना ११ घाइते
२०७८ श्रावण ५, मंगलवार १४:०४