रामप्रसाद घिमिरे / सोम शर्मा बागलुङ २०७७ असार ३० । बागलुङ नगरपालिकाका तीन खानेपानी योजनाको भुक्तानीलाई लिएर सोमबार बिहान बागलुङ नगरपालिका कार्यालय पुगेका काउले धापाखोला रोकापाला निर्माण सेवा की प्रोपराईटर थुम कुमारी रेग्मी क्षेत्रीका श्रीमान कृषि विकास बैँक बागलुङका कर्मचारी रिषि रेग्मीले नगरपालिका कार्यालयमा कार्यरत रहेका ईन्जिनियर त्रिलोचन गिरीलाई तथानाम गाली गरी खु्ट्टा भाँच्छु भनेर हातपात गर्न पुगेको घटना सेलाउन नपाउदै हिँजै साँझ गुठी स्थित बाटिका होटेलमा ठेकदार श्रीमतीका श्रीमान रेग्मीलाई नगरउपप्रमुख सुरेन्द्र खड्काले एक चड्कन गालामा लगाएको घटना सार्वजनिक भएको छ ।
असार मसान्त नजिकिदै जाँदा योजनाको भुक्तानी दिन आलटाल गरेको भन्दै ठेकदार श्रीमतीका श्रीमानले उपप्रमुख खड्का समक्ष भुक्तानी रोक्ने भन्दै निहुँ खोज्न पुगेको मौकामा एक चडकन लगाएको खुलेको हो । विज्ञ टोलीको राय सुझाव विना केहि गर्न नसकिने बताउदै आएका योजना अनुगमन समितिका संयोजक समेत रहेका उपप्रमुख खड्काले नगरपालिकाव्दारा सन्चालित सबै खानेपानी योजनाहरुको दररेट एउटै रु ६ सय ९८ हुनुपर्ने हो तर अन्य योजनाहरु जिल्ला दररेट अनुसार भएको र यी तीन योजनाहरुको भने रु १५ सय सम्म रेट कायम गरिएकोले भुक्तानी दिन नसकिने बताउदै आएको नगरपालिका श्रोतको दाबी छ । विज्ञ राजन पुलामीको प्रतिवेदनलाई मान्ने हो भनेपनि रेग्मीकी श्रीमतीले बुझेको पेशी रकम समेत फिर्ता गर्नु पने अवस्था रहेकोले रेग्मी आगबबूल बनेको उनका निटकवर्तीहरुले बताए छन् ।
विगत तीन वर्ष देखीका बागलुङ नगरपालिका कुँडुले, लहरेपिपल र पैयुँपाटाका तीन खानेपानी योजनाहरुको भुक्तानीलाई लिएर नगरपालिकामा व्यापक विरोध भैरहँदा उपप्रमुख खड्काले दरर्ट समान हुनुपर्ने माग गर्दै आएका थिए । मसान्त नजिकिदै जाँदा अब भुक्तानी पाउने सम्भावना न्यून रहेपछी रेग्मी हिँजो बिहान ईन्जिनियर गिरीकै कारण आफुले भुक्तानी नपाउने ठानी हातपात गर्न पुगेको हुनसक्ने नगरपालिका श्रोतको दाबी छ । अरु योजनाहरुको रेट रु ६ सय ९८ यी योजनाहरुको मात्र रु १५ सय कसरी हुन्छ ? भन्ने जायज प्रश्न नगरपालिकामा उठिरहेको बेला रेग्मीले यो बितण्डा मच्चाउन पुगेका हुन् । यस विषयलाई लिएर अख्तियारमा समेत उजरी परेको श्रोतले बतायो ।
रेग्मीले आफ्नी श्रीमतीको नाममा अर्को रेग्मी निर्माण कस्ट्रक्शन कम्पनि नाममा पनि निर्माण कम्पनि सन्चालनमा ल्याएका छन् ।
हुँदै नहुने दररेट कायम गरेर ठेक्का दिनुपनि भ्रष्टाचार हो भन्दै कानूनविदहरु नगरपालिकाबाटै भ्रष्टाचारलाई बढावा मिलेको बताउदै आएका छन् । यी तीन खानेपानी योजनाहरुको दररेट झण्डै तीन गुणाबढी कायम गर्नुले भ्रष्टाचारको गन्ध आएको सरोकारवालाहरु बताएका छन् । यी योजनाहरुको बारिकीले छानविन गरिनु पर्ने विज्ञहरुको राय छ । नगर उपप्रमुख खडका स्पष्ट छन्- ‘म भ्रष्टाचार हुन दिन्न ।’
नगरप्रमुख, प्रमुख कार्यकारी अधिकृतको धारणा के छ ? त्यो सार्वजनिक हुन जरुरी छ ।
3 Comments