Sorry, that menu does not exist.
 

नगरपालिकाले जग्गा ब्यबस्थापन गर्न नसक्दा सिटी हल बन्न सकेन !

राम प्रसाद घिमिरे, बागलुङ २०७७ असार ३१ । कहि बजेट नभएर काम हुन सक्दैन भने कहि दिएको बजेट समेत सदुपयोग गर्न नसक्दा जिल्लामा आउने लाखौँको बजेट हरेक बर्ष फ्रिज हुँदै गएको छ । बागलुङ नगरपालिका भित्र सुविधा सम्पन्न सिटि हल निर्माण गर्नको लागि केन्द्र बाट आउने बजेट नगरपालिकाले जग्गा ब्यबस्थापन गर्न नसक्दा हरेक रकम फिर्ता हुने गरेको छ ।

गण्डकी प्रदेशको प्रमुख ब्यापारीक केन्द्रको रूपमा समेत रहेको बागलुङ नगरपालिका भित्र सिटि हल बनाउने उपयुक्त जग्गा नगरपालिकाले उपलब्ध गराउन नसकेपछि नगरको ठूलो योजना अलपत्र परेको हो ।
स्थानिय तहको चुनाव देखीनै विभिन्न राजनितिक दलले सिटिहल निर्माणर्ने चुनावी नारा वनाएको भएपनी ३ बर्षसम्म जग्गा व्यवस्थापन हुन नसक्दा सिटिहल नारामा सिमित भएको हो । बागलुङ बजार भित्र नगरपालिकाको स्वामीत्वमा भएको सरकारी जग्गा नहुँदा सिटिहल बनाउन समस्या भएको नगरपालिकाले जनाएको छ ।

सरकारले नगर क्षेत्रमा सुबिधा सम्पन्न सिटि हल बनाउन हरेक बर्ष बजेट बिनियोजन गर्छ असार मसान्तपछि पुन बजेट फ्रिज हुन्छ । बागलुङ बजारमा हुने हरेका सभा सम्मेलन उचित स्थान अभावमा होटल तथा पार्टीप्यालेसमा गर्ने गरिएपनी जिल्लाका सरोकारवालको सामुहिक प्रयास नहुँदा सिटीहल बन्न सकेको छैन ।

चालु आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित ५० लाख जग्गा व्यवस्थापन हुन नसम्दा फ्रिज भएको छ भने संघिय सरकारले पुन: आगामि आर्थिक वर्ष २०७७/०७८ का लागी ५० लाख वजेट विनियोजन गरेको छ । हरेक वर्ष वजेट विनियोजन हुने तर स्थान छनोटमा ठोस निर्णय गर्न नसक्दा सिटीहल निर्माण कार्य अधुरै रहेकोमा नगरबासि चिन्तित छन् ।

बागलुङ नगरपालिकाको महत्वकांक्षी योजनाका रुपमा रहेको सिटी हल निर्माणको काम अघि बढ्ने भनिएपनि अहिलेसम्म सिटि हल कहाँ बनाउने भनी नगरपालिकालले जग्गा ब्यबस्थापन गर्न नसक्नु जनप्रतिनिधिको कमजोरी भएको नगरबासीले टिप्पणी गरेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर-३ मा रहेको चिप्लेटी बसपार्क ,खाद्या संस्थान तथा कृर्षी सामाग्री संस्थाको स्वामीत्व रहेको गोदाम घर र घरेलु विकास समितिको कार्यलय परिषरको जग्गामा सिटी हल बनाउने चर्चा भएपनी जग्गा व्यवस्थापनमा सहमती हुन नसकेको नगरपालिकाले जनाएको छ ।

संघियातको आएपछी सिहं दरवारको अधिकार गाउँ-गाउँमा भने पनी नगरपालिकाले सिटी हलको लागी आवश्यक ४ रोपनी जग्गा व्यवस्थापन गर्न नसक्दा नगरवासीले नेताले घोषण पत्रमा भने जस्तो सुविधा सम्पन्न सिटी कहिले देख्न पाउने हुन त्यो प्रतिक्षाको विषय बनेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !