Sorry, that menu does not exist.
 

नेपाल मावि तारा र गणेश माबि नारायणस्थान नमुना बिद्यायल छनौट !

खगेन्द्र विश्वकर्मा ताराखोला २०७७ साउन १ । मन्त्रीस्तरको असार ३१ गतेको निर्णय अनुसार बागलुङ नगरपालिकाा नारायणस्थान स्थित गणेश मावि र ताराखोला गाउपालिकाको नेपाल मावि तारा यो बर्ष २ नमुना विद्यालय थपिएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आ व २०७६र०७७ मा नमुना विकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तह अन्तर्गत १०० ओटा विद्यालयहरु नमुना विकासका लागि छनोट गर्न मिति २०७६ असोज १६ गतेको गोरखापत्रमा सूचना प्रकासन गरी आव्हान गरिए अनुसार आवेदन गरेका विद्यालयहरु मध्येबाट नमुना विकास एवं संचालन निर्देशिका २०७र्४ पहिलो संशोधन २०७५ सहित ै अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्री स्तर को मिति २०७७।०३।३१ को निर्णय अनुसार बागलुङको गणेश मावि र ताराखोला गापाको नेपाल मावि तारा यो बर्ष २ नमुना विद्यालय थपिएका छन् । नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले प्रकाशन गरेको छ । नमुना विद्यालय बागलुङ जिल्लामा २ वटा यो वर्ष थप भएका हुन् ।
बागलुङ नगरपालिकाको गणेश मा वि बलेवा र ताराखोला गाउँ पालिका ४ तारा गाउमा नमुना विद्यालयका कामहरु सुरु हुने भएको छ ।

यस सन्दर्भमा अब नयाँ गतिका साथ अगाडि बढाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्रीले ईबागलुङलाई बताए । खत्रीले अब बागलुङले शिक्षाको गतिलाई अगाडि बढाउन राज्यले अवसर दिएको छ । अब हामिहरुले अब परिणाम दिनु पर्नेमा राज्य, शिक्षक, अभिभावक , विद्यार्थी सबैको दायित्व रहने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !