छविलाल पाण्डे बुर्तिवाङ २०७७ साउन १ । हिँजो असार मसान्तको राति पोखरा जीरो किलोमिटरबाट रु १ लाख नगद घुस सहित अख्तिायार दुरुपयोग निवारण आयोगको पोखरा कार्यालयबाट रंगेहात पक्राउ गरिएका ढोरपाटन नगरपालिका बुर्तिवाङका करारमा भर्ना गरिएका ईन्जिनियर मिलन अधिकारीलाई आज ढोरपाटन नगरपालिकाले एक विज्ञप्ती प्रकाशित गरी निष्काशित गरेको जनाएको छ । रंगेहात पक्राउ परेका ईन्जिनियर अधिकारीको २०७७ साल असार मसान्त सम्म मात्रै उनको करारको म्याद रहेको थियो । अर्थात आज साउन १ गते देखि नगरपालिकाले ईन्जिनियर अधिकारीको म्याद थपेन ।
ढोरपाटन नगरपालिकाका ईन्जिनियर अधिकारी एक लाख घुस सहित अख्तियारव्दारा पक्राउ !
यस विषयलाई लिएर आज विहान ईबागलुङ सहकर्मी रामप्रसाद घिमिरेले ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलसंंग गरेको कुराकानीमा आज निजलाई पदबाट हटाउने जानकारी दिएका थिए ।
ढोरपाटन नगरपालिकाले घुस सहित रंगेहात पक्राउ परेका ईन्जिनियरको करारको म्याद थपेन !
२०७७ श्रावण १, बिहीबार १४:२३
Home Slider, Top News, अन्य समाचार, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०