Sorry, that menu does not exist.
 

गुल्मीको मुसिकोटमा सलह आतंक !

रामकृस्ण कंडेल,वामीटक्सार २०७७ साउन १ । गुल्मीको मुसिकोट नगरपालिकामा यतिखेर सलहले आतंकनै मच्चाएको छ।यस नगरपालिकाको वडानं १ मा असार ३१ गते बाट ठुलो संख्यामा किसानहरूको खेत बारीमा सलह प्रबेशगरी बिशेष गरी मकै खेती सखाप पारिदिएको कृषि प्राबिधीक सर्बजित ओलीले बताए। प्राबिधिक ओलिका अनुसार वडानं१को थामा,रङ्नम,ढाँण र पौदी अमराईमा असार ३१ गते दाङ हुँदै प्युठान बाट आएको सलह किराले मकै बाली पुरै खाईदिदा यहॉका किसानहरू निकै चिन्तित बनेका छन ।

केही दिन पहिले पनि सलह आयो त्यसले त्यति क्षति नगरेको तर असार ३१गते प्युठान तर्फ बाट आएको सलहले निकै क्षती गरेको स्थानियहरूको भनाई रहेको छ। यो सलह निकै अनिकाल ल्याऊने खालको रहेको स्थानिय हरूको भनाई रहेको छ।कुनै पनि तरिका प्रयोग गरी यसलाई गॉऊबाट लखेट्न सकिएको छैन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments