रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन १ । कोरोना महामारीमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता वितरण गर्न धौालागिरि अस्पतालमा ९१ लाख रुपैयाँ निकासा भएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले बुधबार मात्रै अस्पतालको खातामा ९१ लाख १३ हजार रुपैयाँ जोखिम भत्ता वितरणका लागि भनेर रकम निकासा गरी पठाएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए । ‘जोखिममा खटिएका स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि भत्ता वितरण गर्ने भनेर ९१ लाख १३ हजार जति रकम आएको छ,’ उनले भने, के कसरी वितरण गर्ने भन्ने स्पष्ट निर्देशन भने आएको छैनू ूमौखिक रुपमा बागलुङ जिल्लाभरिका आईसोलेसनका लागि भनेर रकम निकासा भएको जानकारी आएको हो तर लिखित रुपमा निर्देशन आएपछि मापदण्डको आधारमा वितरण गरिने गौतमले बताएका छन ।
धौलागिरि अस्पतालले दुई जना कोरोना संक्रमितको उपचार गरेको एक करोड ५३ लाख जोखिम भत्ता मागेको भनेर प्रदेश सभामा प्रश्न उठेपछि हंगामा मच्चिएको थियो । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले पनि बागलुङमा प्रदेश सरकारबाट स्वीकृत भएका आईसोलेसनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ता एकमुष्ट धौलागिरि अस्पतालको खातामा निकासा गरिएको बताए ।
‘अस्पतालले १ करोड ५३ लाख मागेको भनेर पहिले नै चर्चा भएको थियो, अहिले ९१ लाख रुपैयाँ निकासा गरिएको अस्पतालका लागि मात्रै होईन,’ उनले भने,‘प्रदेश सरकारबाट स्वीकृत भएको धौलागिरि क्याम्पस, बागलुङ बहिरा विद्यालय, नरेठाँटी स्वास्थ्य चौकी र बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्र र उत्तरगगां माध्यमिक विद्यालयको आईसोलेसनमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि जोखिम बहन गरे वापतको भत्ता हो ।’ केन्द्रको स्पष्ट निर्देशिका अनुसार वितरण गर्न भनिएको उनको भनाई छ ।
‘निर्देशिकाले स्पष्ट तोकेको छ, प्रत्येक आईसोलेसनमा एक जना मेडिकल अधिकृत, दुई जना स्वास्थ्यकर्मी र दुई जना सफाई कर्मचारीको १२÷१२ घण्टाको ड्युटी अवधी तोकेर खटाउने र त्यही खटाएको दिनको आधारमा जोखिम भत्ता दिने हो,’ उनले भने,‘ गल्कोट र बुर्तिबाङमा ड्युटी खटिएकाहरुको पनि रेकर्ड मागेर अस्पतालले नै वितरण गर्छ ।’
स्वाव संकलन लगायतका काममा सहभागी स्वास्थ्यकर्मीका लागि स्वास्थ्य कार्यालयमा रकम निकासा भएको उनको भनाई छ । ‘सुरक्षाकर्मीहरुको बारेमा हामीलाई थाहा भएन, स्वाव संकलनमा खट्नेहरुका लागि स्वास्थ्य कार्यालयमा गएको छ, अस्पतालमा आईसोलेसनमा खट्नेका लागि मात्रै हो,’ उनले भने । जो जोखिममा मोलेर खटिएको छ उसैले मात्र जोखिम भत्ता पाउने उनको भनाई छ ।
यो लिंक पनि पढौं
धौलागिरी अस्पतालका चिकित्सक सहित सबै १६९ जना कर्मचारीलाई रु १ करोड ५३ लाख बढी जोखिम भत्ता माग !