Sorry, that menu does not exist.
 

कालीगण्डकी दोहन रोकिएन !

सोम शर्मा पर्वत २०७७ साउन १ । कालीगण्डकीको उत्खनन रोकिएको छैन । सरोकारवाला निकायहरुले कालीगण्डकी दोहन रोक्न विभिन्न प्रयास भैरहेको बताएपनि त्यसतो केहि भएको काली किनारको अवस्थाले देखाएको छैन । केहि दिन अघि मात्र अबैध रुपमा उत्खनन् गर्दै गरेका केही सबारी साधनलाइ प्रहरीले कार्बाही गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख तथा प्रहरी नायब उपरीक्षक बिश्वराज अधिकारीले अबैध रुपमा उत्खनन् गर्दै गरेको अबस्थामा ग १ त ३७५६ ट्याक्टर ,बा २ क ९२९९ र ग १ ख ३५६१ को जेसिभी, ग १ ख ४६४१ र ग १ ख ८०७६ को टिप्परलाई कारबाही गरिएको बताए। उनले यसमा सम्बन्धित निकायले समेत ध्यान पुयाएमा यस किसिमको दोहन रोक्न सहज बताए ।

कसैले त्यसरी दोहन गरेको देख्नासाथ खबर गरिहालेमा तत्कालै प्रहरी टोली गएर सम्बन्धित सबारी साधन र ड्राइभरलाइ पक्राउ गरेर ल्याउंछौं उनको भनाई थियो ।

उनले भने कसैले खबर गर्दा बित्तिकै यहांबाट गाडी त जान्छ त्यसैले अरुले सतर्क बनाउछन होला तर यसमा प्रहरीको संलग्नता छैन।

स्थानिय एक ब्यक्तिले भने मैले धेरैपटक खबर गरेकै हो तर जब मैले त्यस बिषयको खबर गर्छु प्रहरी आइनपुग्दै उक्त मेसिनहरु बाहिर आइसकेका हुन्छन त्यसैले यसमा प्रहरीको समेत संलग्नता छ भन्ने लागेको बताए। हिजो राती मात्र त्यहा जांदा ६ वटा जेसिभी चलेको देखेको थिए उनले भने।

अबैध नदी दोहनलाई रोक्ने अधिकार पाएको समन्वय समिती पनि आफ्नो काम गरेको बताएको छ, पर्वतका जिल्ला समन्वय प्रमुख मोनहर बि पौडेलका अनुसार हामीले यसमा सकृयतत बढाएको बताएका छन । हामीले प्रहरीको सहयोगमा त्यसलाइ रोक्ने काम गरेका छौं, यसै बिषयमा जेठको अन्तिमतिर प्रशासन कार्यालय प्रहरी कार्यालयको संलग्नतामा एक बैठक समेत राखेका थियौ, अब यसमा थप जिम्मेवार बन्न स्थानिय निकायलाइ समेत आग्रह गरेका थियौं तैपनी यसमा मलाइ स्थानिय जनप्रनिधी र कथित समाजसेवीको समेत हात रहेको झैं लाग्छ त्यसैले पनि यो जालो ठूलो छ तैपनी हामीले जोसुकै हुन उनिहरुलाइ कारबाही गर्छौ नै गर्छौं, हामिले त्यसरी नदी दोहन गर्नेलाइ कानुनी कारबाही गरेकै छौ, पहिलो पटकमा कसैले त्यसरी दोहन गर्छ भने उनिहरुलाइ जेसिभिलाइ २५०००,टिप्परलाइ १५००० र ट्याक्टरलाइ ५००० को दरले जरिवाना गरेका छौं दोस्रोपटक त्यही काम दोहोर्याएमा उनिहरुलाइ डबल जरिवाना गरिने प्राबधान छ। यो बिषयमा हामिभन्दा नि अझै स्थानिय निकाय गम्भीर रुपमा प्रस्तुत हुनुपर्ने पौडेलको भनाइ थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments