भरत सापकोटा, बागलुङ २०७७ साउन ७ । मध्यपहाडी लोकमार्ग वर्षा, बाढी पहिरोबाट छिया छिया भएको छ । बागलुङ हुदै पश्चिम रुकुम सम्म पुग्ने यस लोकमार्गको विभिन्न भागहरुमा पहिरोले गर्दा सवारी आवागमनमा समस्या उत्पन्न भएर सयौँ सवारी साधनहरु र यात्रुहरु बिचल्लीमा छन् । अबिरल वर्षाका कारण बागलुङ सदर मुकाम नजिकै बोक्सेको खाल्डोमा पहिरो बगिरहेकाले आवागमन ठप्प छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेसंग यस सम्वन्धमा जिज्ञासा राख्दा मध्यपहाडी लोकमार्गको यस खण्डको सिद्धिसाई कन्स्ट्रक्सन / डीजीलाई सडकको पहिरो पन्छाउन फोनबाट निर्देशन दिएको जानकारी प्राप्त भएको छ । तर पहिरो स्थलमा अलपत्र रहेका सवारी साधन र यात्रुहरुले दिएको जानकारी अनुसार कम्पनिले सानो स्काभेटरले पहिरो पन्छाउन सम्भव नभएको बताईरहेका छन् भने सडक तल रहेको बस्तीका स्थानीयले यसको बिरोध गरिहेकाले भरखरै यातायात सुचारु हुने संभावना नरहेको प्रत्यक्षदर्शीको भनाई रहेको छ ।
हिँजो राति देखि अवरुद्ध बनेको लोकमार्ग सन्चालनमा सरोकारवाला निकायले चासो नदिएकाले सयौँ सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् ।
/
2 Comments