Sorry, that menu does not exist.
 

मध्यपहाडी लोकमार्ग : बोक्सेको पहिरो, दीर्घकालीन समाधानको खाँचो !

सोम शर्मा, बागलुङ २०७७ साउन ७ । बागलुङ नगरपालिका-३ बोक्से खाल्डोमा पहिरो गएर माटो पन्छाउने क्रममा स्थानियको अबरोध भएपछी माटो पन्छाउने काम रोकिएको छ। स्थानियले आफ्नो घर जोखिम रहेको बताएका छन । गीता रेग्मी सुरज बहादुर रेग्मी र मोतिलाल सापकोटाको घर जोखिममा छन। माटोलाइ अन्यत्रै ब्यबस्थापन गरेर बाटो खुलाउनुपर्ने स्थानियको भनाइछ ।

प्रमुख जिल्ला अधिकारि सुरेश न्यौपानेले त्यसको समाधानका लागी बैठक चलिरहेको छ र चांडै नै खुलाउने कोसिस जारी रहेको जानकारी दिएका छन् । बागलुङबाट अक्षते हुँदै जाने गाडी र अक्षते हुँदै बजार आउने गाडी त्यही रोकिएका छन। सो पहिरोले ताराखोलामा कोरोना संक्रमण देखिएका ३ जनालाई ल्याएर आएको एम्बुलेन्स समेत उक्त पहिरोमा परि रोकिएको छ। बिहान ८ बजेतिर बाटो ठिक छ भनेर हिंड भनेपछी हिंडिएको तर यहाँ यसरी रोकिएको एम्बुलेन्स चालक अनुज केसीले बताए। उक्त पहिरोमा परि दर्जनौ गाडी र पैदल यात्रु अलपत्र परेका छन। मध्यपहाडी लोकमार्गका डिभिजन इन्जिनियर आशिष थापाले इन्जिनियरहरुलाइ निरीक्षणको लागि पठाएका छौं, पहिरो बिहान ७ बजेबाट पन्छाउन लागिएको हो तर स्थानियको अबरोधपछी रोकिएको छ । अब स्थानियको घरमा समेत अबरोध आउने भएपछी नगर प्रमुख र प्रमुख जिल्ला अधिकारिसंग छलफल चलिरहेको छ, छिटै नै पहिरो पन्छाउने काम सुचारु गर्नेछौं भनेका छन् ।
प्रमुख जिल्ला अधिकारी न्यौपाने संगको कुराकानी

बागलुङ सदरमुकाम देखी रुकुम पूर्वको भूमे गाउपालिका जोड्ने मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड निर्माणमा ठेकदार (कम्पनी) र आयोजना प्रमुखको चरम लापर्बाहीका टिप्पणीहरु सार्वजनिक भैनै रहेका छन् । । मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका ३ बोक्सेको खाल्डोको समस्याको दीर्घकालीन समाधानका लागी मध्यपहाडी लोकमार्ग आयोजनाको प्रमुखको गैह्रजिम्मेवारीपन नै कारक बनेको नागरिक समाजको ठहर छ ।

खासगरी सदुमुकाम बागलुङ बजार देखी काठेखोला गाउँपालिकाको बिहुँ सम्म ३३ किलोमिटर खण्डको दुर्दशा देख्ने भोग्नेहरुले आयोजना प्रमुख र ठेकेदार (कम्पनी)को मिलिभगतको फल भनेर किटान गर्दै आएका मात्र छैनन् अपितु: मध्यपहाडी लोकमार्ग निर्माणमा गडबडी गर्ने ठेकेदार र आयोजना प्रमुख माथी छानबिन गरी कार्बाहीको माग गरेका छन् ।
लोकमार्गका सिडिई आशिष थापाको भनाई यस्तो छ

बागलुङ नगरपालिका ३ बोक्सेको खाल्डो मध्यपहाडी लोकमार्गको अभिशापककै रुपमा रहेको छ । त्यस ठाउँको भूवनावटको कारण त्यहाँ सानो तिनो झरीमा पनि पहिरो जाने, माटो बगिरहने सवारी साधनहरुलाई मात्र नभएर आम जनताको लागिपनि आवत जावत गर्न बेलाबखत समस्या आईपर्ने गर्छ । प्राविधिकरुपमा यसको स्थायी समाधानको खोजी गर्नुपर्ने देखिन्छ ।

अबिरल वर्षाका कारण पहिरो गएर बोक्सेको खाल्डोमा पहिरो खसेर हिँजो राति देखी सवारी आवागमन अवरुद्ध बनेको छ । पहिरो पन्छाउने झिनो प्रयास भैरहेको छ । पहिरो पन्छाउने क्रममा पहिरो तल पट्टिको बस्ती जोखिममा रहेकाले स्थानीयले पहिरो तल तिर नखसाल्न माग गर्दै बिरोध गरिरहेका छन् । पहिरोलाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्ने समस्याका कारण लोकमार्ग सन्चालनमा समस्या आएको हो ।

यस अघिपनि बोक्सेको खाल्डोमा देखिएको समस्या समाधान गर्नका निम्ति नगरखानेपानीको पाईप व्यवस्थापन गर्न मध्यपहाडी लोकमार्गले बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ३० लाख रुपयाँ दिएको थियो । तीन वर्ष हुँदा सम्म कुनै काम भएको छैन । नगरखानेपानीको पाईप व्यवस्थापन हुन सकेपनि पाईपबाट पानी चुहिएर हुने समस्याको दीर्घकालीन समाधान हुन्थ्यो, तर पैसा लगे तर काम केहि भएन, न कहि कतै प्रशासन वा सरोकारवालाहरुले नै खोजविन गर्ने चासो राखे ।

स्थानीयवासी के भन्छन् ?

यी लिंकहरु पनि पढौँ
मध्य पहाडी लोकमार्ग अन्तर्गत बा ना पा-३ खहरे बोक्सेको समस्या !

लोकमार्ग निर्माणमा गडबडी गर्ने ठेकेदार र आयोजना प्रमुख माथी छानबिन गरी कार्बाहीको माग !

कार्यालय प्रमुखको बैठकमा मध्यपहाडी लोकमार्गका सीडीई थापामगर किन अनुपस्थित रहे ? यस्तो छ, कारण !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !