सोम शर्मा बागलुङ २०७७ साउन ७ । अखिल नेपाल फुटबल संघको सहयोगमा जिल्ला फुटबल संघको आयोजनामा आज जिल्लास्थित फुटबल खेलाडीलाइ राहत बितरण गरिएको छ। १९ जना खेलाडीहरुलार्इ जनही रु ४ हजारका दरले राहत रकम बितरण गरिएको थियो।राहत वितरणका लागि अखिल नेपाल फुटबल संघले रु ७५ हजार सहयोग प्रदान गरेको थियो।
पत्रकार महासंघको भवनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेश सभासद इन्द्रलाल सापकोटाले प्रत्यक खेलाडीलार्र्इ रु ४ हजार को चेक बितरण गरेका थिए।
राहत कार्यक्रममा बोल्दै सांसद सापकोटाले यसरी प्रदान गरिएको राहतले खेलाडीलाइ केहि न केही भएपनी सहयोग भएको बताए । यसको ब्यबस्थापन गरेकोमा अखिल नेपाल फुटबल संघलाइ आभार समेत ब्यक्त गरे । खेलाडी राज्यका गहना हुन, खेलाडीले समेत देशको सर्बांगण बिकासमा महत्वपुर्ण योगदान दिन सक्ने हुनाले खेलाडी र युवा वर्ग देशको सम्बृद्दिमा लाग्नुपर्ने उनको जोड थियो।
त्यस्तै अर्का बक्ता तथा जिल्ला खेलकुद बिकास समितिका निबर्तमान अध्यक्ष धनबहादुर परियारले यो राहतले खेलाडीको मनोबल बढाउने बिश्वास लिइएको र खेलाडीको मागानुसार बांगेचौरलाइ फुटबल हबको रुपमा बिकास गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष दिल श्रीसले संकटमा समस्या नदेखी समाधान र सम्भावनालाइ खोजी गर्न आग्रह गरेका थिए। कार्यक्रम जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङको अध्यक्षतामा,उपाध्यक्ष रेशम गोतामेको सन्चालनमा र अर्का उपाध्यक्ष टेकबहादुर बोहोराको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो।
One Comment