Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिकाको मनमौजी निर्णय नसच्याए कठोर कदम चाल्ने प्रेस युनियनको चेतावनी !

बागलुङ २०७७ साउन ७ । ढोरपाटन नगरपालिकाले नगरप्रमुख देवकुमार नेपाली निकट केहि सन्चारमाध्यमहरुलाई आर्थिक नियम विपरीत आफु खुशी रकम बितरण गरेको विषयलाई लिएर व्यापक बिरोध भैरहेको अवस्थामा नेपाल प्रेस युनियन बागलुङले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी नगरप्रमुख नेपालीले आफुले सन्चालन गरेको रेडियोलाई रकम छुट्टाउने र राजनीतिक आस्थाकै कारण सामुदायिक रेडियो ढोरपाटन एफएमलाई बिभेद गर्नु जनप्रतिनिधीको उपहास भएको बताएको छ ।

अभिभावकको भूमिका निर्वाह गर्नु पर्ने स्थानीय सरकारले आस्थाका आधारमा बजेट विनियोजनमा गरिएको पूर्वाग्रही निर्णय सच्याएर समानुपातिक हिसावले बजेट विनियोजन गरी आफ्नो जिम्मावारी पूरागर्न विज्ञप्ती मार्फत नेपाल प्रेस युनियन बागलुङले आग्रह गरेको छ ।
यो लिंकपनि पढौँ
पक्षपातको पराकाष्टा : ‘मामाको धन फुपूको श्राद्ध’ उखानलाई चरितार्थ पार्दै ढोरपाटन नगरपालिका … !
नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तव्दारा हस्ताक्षरित विज्ञप्तीमा जनप्रतिनिधीले गर्नुपर्ने पदीय जिम्मेवारी पालना र आम सन्चार माध्यमलार्ई समान व्यवहार गर्न आग्रह गरिएको छ ।

जनताको करबाट सन्चालित ढोरपाटन नगरपालिकाको नेतृत्वले गर्ने मनमौजी निर्णय नसच्याए थप कठोर कदम चाल्न बाध्य हुने विज्ञप्ती मार्फत जानकारी गराईएको छ । िविज्ञप्तीमा ढोरपाटन नगरपालिकाको यो गैर जिम्मेवार र पर्वाग्रहपूर्ण निर्णयका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न र यसमा सहजीकरण गर्न नेपाल पत्रकार संघको पनि ध्यानाकर्षण गराउछौ भनिएको छ ।
यो लिंकपनि पढौँ
अपमानको बदला, सम्मानपूर्वक : नगरपालिकाले दिएको १० हजारमा १० हजार थप गरी नगरप्रमुख नेपालीलाई हस्तान्तरण !
स्मरणीयछ, ढोरपाटन नगरपालिकाले गत असार मसान्त अगाडी बुर्तिवाङबाट प्रशारण हुने बुर्तिवाङ रेडियो र सामुदायिक रेडियो परिवर्तनलाई रु १ लाख ५० हजारका दरले रकम निकासा दिएको थियो भने अर्को सामुदायिक रेडियो ढोरपाटनलाई जम्मा रु १० हजार मात्र दिएकोले यसको व्यापक विरोध भैरहेको छ ।

यसैसिलसिलामा ढोरपाटन नगरपालिकाले पोखराबाट प्रकाशित हुन ढोरपाटन दैनिकलाई रु २० हजार, बागलुङ बजारबाट प्रशारण हुने धौलागिरी एफएमलाई रु ५२ हजार, ग्वालिचौरका बडीगाड अनलाईनलाई रु ३० हजार रकम दिएको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले ईबागलुङलाई जानकारी दिएका थिए ।

उता ढोरपाटन नगरपालिकाको पक्षपातपूर्ण कार्यको बिरोध गर्दै ढोरपाटन एफएमले नगरपालिकाले दिएको रु १० हजारमा रु १० हजार थप गरी रु २० हजारका चेक नगरप्रमुख नेपालीलाई एक कार्यक्रमका वीच हस्तान्तरण गरेको थियो ।

नेपाल प्रेस युनियन बागलुङको प्रेस विज्ञप्ती

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !