रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन ७ । बिश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस९ कोभिड(१९० को कारण नेपालमा २०७६ साल चैत ११ गतेदेखि लागू भएको लकडाउन सरकारले मंगलबार राति १२ बजेदेखि आंशीक रुपमा अन्त्य भएको घोषणा गरेको छ। लकडाउन अन्य भएको घोषणा मानिसहरु घरबाट निस्कने क्रम बढेको छ ।
आज सडकमा देखिएका मानिसहरु र सवारी साधनहरुको चापलाई हेर्दा लाग्ग्यो कोरोनाको सन्त्रास मेटियो । लकडाउन अन्त्य भनिएपनि टोटल्ली अन्त्य चाहिँ भएको होईन । हामीले सम्झनु पर्ने यो केहि खुकुलो भएको मात्र हो । यसकारण लकडाउन सकिएको खुसी भन्दानि कोरोनाको संक्रमणबाट बच्न अपनाउनु पर्र्ने सबै विधीहरुलाई उच्च सतर्कताका साथ अवलम्वन गर्नु जरुरी भएको छ । सरकारको लकडाउन अन्त्यको घोषणाले आम जनमानसमा कस्तो प्रभाव परेको छ त्यस्को विश्लेशण गर्नु आवश्यक हुन्छ । घर बाहिर निस्कदा, डुल्दा फिर्दा सामाजिक दूरी कायम गर्ने, मुखमा मास्क अनिर्वायरुपमा लगाउने तर्फ आम सर्वसाधारण थप सजगहुनु पर्ने अवस्था छ ।
कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै चैत ११ गतेदेखि लागू भएको लकडाउन अन्त्य भएको सरकारले औपचारिक घोषणा गरे पनि व्यवहारिक रुपमा भने भदौको सुरुसम्मै लागू हुने देखिएको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले लकडाउन मंगलबार राति १२ बजेदेखि अन्त्य भएको बताए पनि होटल, रेष्टुरेन्ट साउन १५ गतेदेखि, हवाई उडान भदौ १ गतेदेखि, सीमा प्रतिबन्ध साउन ३२ गतेसम्म बन्द रहने जानकारी दिएका छन्। सरकारले लकडाउन गरेपश्चात ठप्प रहेका सार्वजनिक क्षेत्रहरुको अबस्था निकै धरासाहि बनेपछि चौतर्फि दबाब पश्चात् असार दौस्रो हप्ता देखि केहि खुकुलो बनाएको थियो । नेपालमा कोरोना संक्रमणको तेस्रो संक्रमित बागलुङमा देखिएपछि एकाएक आतङ्कित बनेका बागलुङ बासि लकडाउन केही खुकुलो हुँदा निकै उल्लङ्घन गरेको देखिन्थ्यो ।
देशमा सरकारले कलडाउन हट्यो भनिरहँदा नागरिक सुरक्षा सतर्कताको ख्यालै नगरि निर्बाद हिड्ने र भिडभाड गर्दा संक्रमण झन भयाबह हुन्छ कि भन्ने आशङ्का गरिएको छ । बागलुङमा लकडाउन हटेपनि आम नागरिकहरुले के कस्ता सुरक्षा सतर्कता अपनाउनुपर्छ र लागू गराउन के कस्ता योजना छन त भनि ईबागलुङले बागलुङ जिल्लाका समन्वय प्रमुख राजेन्द्र ढुङ्गाना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, धौलागिरि अस्पतालका मे।सु। शैलेन्द्र बि।क पोख्रेल, प्रहरी कार्यालयका सूचना अधिकारि प्रहरी निरीक्षक हेम बहादुर के।सी, बागलुङ उद्योग बाडिज्य संघका महासचिव नरेश कंडेल, पत्रकार राजेशचद्र राजभण्डारी र अधिबक्ता राम शर्मालाई सोधेका थियौ । हेरौँ सहकर्मी रामप्रसाद घिमिरेले गरेको कुराकानी जस्ताको त्यस्तै :