Sorry, that menu does not exist.
 

प्रजिअ न्यौपाने द्वारा बानपा-५ मालिकाको विभिन्न स्थानमा पहिरोले पु-याएको क्षतीको अवलोकन !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन ८ । प्रमुख जिल्ला अधिकारी सुरेश न्योपाने एव प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद रेग्मीको टोलीले हिँजो रातिको अविरल वर्षा संगै गएको पहिरोले बागलुङ नगरपालिका ५ मालिकाका विभिँन्न स्थानमा पुराएको क्षतीको अवलोकन गरेको छ ।

वर्षा सँगैको पहिरोले मालिका स्थित देउराली डाडा निवासी भागिरथ उपाध्यायको घर गोठ, हेमराज उपाध्यायको घर, नारायण रेग्मीको गोठ , मालिका टोल स्थित टकमाया किसानको घर , अढार्इथर स्थित बाबुराम सापकोटा , हर्क बहादुर क्षेत्री, भिम सापकोटाको गोठ, पन्चासे टोल स्थित गुमा रेग्मीको गोठ, कृष्णलाल सापकोटाको राइस मिलमा पहिरोले पूर्णरुपमा क्षेती पुराएको छ भने प्रजापति सापकोटा र जुना कुमारी निउरेको घर तथा देबेन्द्र उपाध्यायको गोठ लगायत करिब १५र२० घर कुरिया उच्च जोखिममा रहेका छन ।

पालुवा व्यावसायी मातृका आचार्यको १ हजार कुखुरा सहित कुखुरा फर्म नै पहिरोले पुरेको छ । बाढी र अवलोकनका क्रममा प्रमुख जिल्ला अधिकारी न्यौपानेले पहिरोका कारण भएको भौतिक क्षेती प्रती दुख ब्यक्त गर्दै थप जोखिम बाट सुरक्षित रहनु हुन सबैमा अनुरोध गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !