Sorry, that menu does not exist.
 

प्रवास : गल्कोट समाज जापान छैटौं अधिवेशनको तयारीमा !

जापान २०७७ साउन ९ । गल्कोट क्षेत्रबाट बैदेशिक रोजगारीमा रहेका प्रवासी गल्कोटेहरुको ठुलो सामाजिक सस्था गल्कोट समाज जापान छैटौं अधिवेशनको तयारीमा जुटेको छ । बिगत २००६ सालमा स्थापित भइ जापानमा बिभिन्न क्रियाकलाप सञ्चालन गरि गलकोट क्षेत्रमा राहत, समाज बिकास, स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा निकै महत्वपुर्ण कार्यक्रम सञ्चालन गर्ने गरेको गलकोट समाज जापानले आगामी कार्यकालको लागी अधिवेशनको तयारी गरिरहेको हो ।

पहिले गल्कोट समाजका क्षेत्रीय समितिको अधिवेशन गरि केन्द्रीय कार्य समितिको अधिबेशन गर्ने योजना अनुरुप काम अगाडि बढाएको गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले बताए ।

यसैबिच जापानमा बिभिन्न क्षेत्रमा गरि ७ वटा क्षेत्रीय समिती रहेको समाजको क्षेत्रीय अधिबेशन हुनेक्रम जारी छ । यसैबिच गल्कोट समाज जापान फुकुओका क्षेत्रले पाचौ कार्यकालको लागी नयाँ कार्यसमिती चय गरेको छ । राजु गैरेको अध्यक्षतामा १८ सदस्यीय गल्कोट समाज जापान फुकुओकाको नयाँ कार्यसमिति गठन गरिएको छ ।

समितिको उपाध्यक्ष विशाल केसी मदन गैरे, रुपक गैरे, सचिब रोहित खत्री, कोषाध्यक्ष सागर थापा, सह–सचिव श्याम केसी, सह–कोषाध्यक्ष सुजन बस्नेत चएन भएका छन् । समितिको सदस्यहरुमा घमिर भण्डारी, दयाराम कंडेल, घनस्याम निउरे, हेमन्त बस्नेत, ओम बस्नेत, भिम चोखाल, प्रेम चोखाल, जित बहादुर खत्री, राजु ढकाल, रामु कंडेल लगाएत रहेका छन् ।

त्यस्तै टंक गैरेको संयोजकत्वमा ४ सदस्यीय संरक्षक संमिति गठन गरिएको छ । उत्तm समितिको सदस्यहरुमा, राम बस्नेत, देविलाल गैरे, विपिन कंडेल रहनुभएको जापानबाट खगराज गौतमले जनाकारी दिए । त्यस्तै भुमनाथ गैरेको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा मिलन बस्नेत, नन्दलाल गैरे, मोतिलाल गैरे, अग्निधर गौतम रहेको गल्कोट समाज जापानले जनाएको छ । समाजले अन्य क्षेत्रीय समितिको अधिबेशन समेत क्रमैसंग गरि केन्द्रिय कार्यसमितिको अधिवेशन गर्ने जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !