रामप्रसाद घिमिरे/सोम शर्मा, बागलुङ २०७७ साउन १० । बागलुङ नगरपालिका १ निरय घाट र माझी बस्ती केहि माथी सुख्खा पहिरो जाँदा एक ट्याक्टर, एक ट्रिपर र एक जेसीभी पुरिएको प्रहरीले जनाएको छ । राति ८ बजेको समयमा आएको सुख्खा पहिरोमा परी ढुंगा लिन गएका ट्याक्टर चालक निर्मल पुन र ट्रिपर चालक रोशन नेपाली बेपत्ता छन भने जेसिभि चालक चाहिँ सामन्य घाइते भै धौलागिरी अस्पतालमा उपचारपछी घर फर्किएको प्रहरीले जानकारी दिएको छ ।
अहिले प्रहरीले घटनास्थलमा बेपत्ता चालकको खोजी कार्य जारी राखेको छ । मोबाइलमा फोन त जान्छ तर उठेको छैन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक रिजालले बताए।
राति राती यसरी यस्तो डाडोमा किन एउटा जेसिभी ट्याक्टर र टिपर आयो भन्ने संकास्पद नै छ, उनिहरुले त्यहा रहेको पहिरो पन्छाउने क्रममा आएको भनेतापनी त्यो मात्र कारण नभै त्यहा अन्य कारणले समेत आएको हुन सक्ने अर्का प्रहरी निरिक्षक हेम बहादुर केसीको भनाइ छ । अहिले पनि सुख्खा पहिरो खसी रहेकोले उद्धार कार्य प्रभावित बनेको प्रहरीको भनाई रहेको छ । उक्त साधनहरु बागलुङ स्थित ठेकेदार बिमलेश आचार्यको रहेको बुझिएको छ ।
थप विवरण आउन बाँकी