रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन १२ । आज जिल्ला प्रशासन कार्यालय बागलुङले एक सूचना जारी गरी कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारव्दारा तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने सम्वन्धमा सार्वजनिक सूचना जारी भएको स्मरण गराउदै नेपाल सरकारव्दारा जारी आदेशको बर्खिलाप हुने गरी न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने, मास्क नलगाई घरबाट निस्कने, भीडभाड गर्ने, न्यूनतम सामाजिक दुरी कायम नगर्ने प्रवृत्ति बढीरहेको परिप्रक्षमा स्वास्थ्य र सुरक्षा मापदण्ड कडाईका साथ पालना गर्न भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेव्दारा हस्ताक्षरित सूचनामा आदेशको अवज्ञा गरी स्वास्थ्य मापदण्डको उल्लंघन गर्ने मास्क नलगाई घर बाहिर निस्कने जो कोहिलाई तत्काल नियन्त्रणमा लिई संक्रमक रोग ऐन २०२० बमोजिम कडा कार्बाही गरिने जनाईएको छ ।