Sorry, that menu does not exist.
 

अविरल बर्षातका कारण पहिरो जाँदा निसीखोला र तमानखोलामा ३ बालबालिकाको ज्यान गयो, लोकमार्ग अवरुद्ध !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ साउन १३ । गए रातिको अविरल बर्षातका कारण पश्चिम बागलुङमा ठुलो धनजनको क्षेति भएको छ । बाढी पहिरोका कारण जिल्लाको निसीखोला गाउँपालिका १ हर्पेमा एक घर पहिरोले बगाउँदा एक वालकको ज्यान गएको छ । रातको करिब एक बजेतिर घर माथिदेखि आएको पहिरोका कारण कमल परियारको घर पहिरोले बगाएको हो । घर पुरिँदा कमल परियारका ३ बर्षिय छोरा तोरण परियारको घटना स्थलमै मृत्यु भएको छ । परियारकि श्रीमतीलाई स्थानियले उद्धार गरेका छन् । घर पूर्ण रुपमा क्षेति भएको छ ।

त्यसैगरी तमानखोला गाउँपालिका वडा नं.२ खोलेसबाङमा घर माथिदेखि आएको पहिरोले घर पुरिँदा दुई बालबालीकाको ज्यान गएको छ ।

गए राति साढे १ बजेतिर घरमाथिदेखि सडक भासिएर आएको पहिरोका कारण स्थानिय पान बहादुर बिकको घरमा पूर्ण क्षेति पुर्याउनुका साथै निजकै १३ बर्षिय छोरा खिमबहादुर बिक र १२ बर्षिय छोरी रिता विकको पहिरोले पुरिएर ज्यान गएको स्थानिय चुडामणी छन्त्यालले ईबागलुङलाई बताए । पान बहादुर बिककी श्रीमती होमकुमारी बिकलाई घाइते अवस्थामा उद्धार गरीएको छ । उनको खुट्टामा चोट लागेको छ । विहान ६ बजेमात्रै पुरिएकाहरुको शव निकालीएको बोङगादोभान प्रहरी चौकि प्रमुख पदमबहादुर नेपालीले बताए । पान बहादुर नेपाली बैदेशिक रोजगारीको क्रममा रहेको जनाइएको हो । सोहि पहिरोका कारण फुलमाया कामीको घरमा पूर्ण क्षेति पुर्याएको छ ।

त्यसैगरी ढोरपाटन नगरपालिका वडा नं.२ अर्नाकोटमा समेत एक घरमा पहिरोले उच्च जोखिममा पुर्याएको छ । स्थानिय मनबहादुर खत्रीको घर माथिदेखि आएको पहिरोका कारण घर उच्च जोखिममा रहेको हो । त्यसैगरी वडिगाड गाउँपालिका वडा नं.७ गाँवमा एक घरमा क्षेति पुगेका जनाइएको छ । घरमाथिदेखि आएको पहिरोका कारण सन्तबहादुर केशिको घर पूर्ण रुपमा क्षेति भएको जनाइएको छ । वडा नं.७ कै घोकर्णामा समेत एक घरमा क्षेति पुगेको दिनेश सर्माले बताउनु भयो । वडिगाड गाउँपालिका वडा नं. ६ सिस्नेरीमा मध्यपहारी लोकमार्ग माथिदेखि गएको पहिरोका कारण लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment