कोपिला कंडेल, बागलुङ २०७४ बैशाख २० । आज मे ३ अर्थात बिश्व प्रेस स्वतन्त्रता दिवस, नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाले बिबिध कार्यक्रमका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । दिवसका अवसरमा शाखाका अध्यक्ष दिल शिरिषले एक बिज्ञप्ती जारी गरी शुभकामना ब्यक्त गरेका थिए ।
शिरिषद्धारा जारी बिज्ञप्तीमा पुर्ण प्रेस स्वतन्त्रताका लागि नयां संबिधानको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख छ । मुलुकका पछिल्लो समय राजनितिक परिवर्तन भएपनि प्रेसले पुर्णता पाउन नसकेको भन्दै प्रेस जगतमा भएका चुनौतीलाई सामना गर्दै पत्रकारिताको बिकासका लागि सबै एकभएर अगाडी बढ्नुपर्ने उल्लेख छ । कार्यक्रममा बोल्ने सहभागिले पत्रकारितमा मार्फत समाजमा रहेका बिकृति र बिसंगतिको अन्त्य हुनुपर्ने भन्दखै खेज पत्रकारितामा गर्नुपर्नेमा जोड दिए ।
पत्रकारले कसैबाट निर्देशीत नभै स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाउनुपर्ने सहभागिको भनाई थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मुकेशराज भण्डारी, पुर्व अध्यक्ष रामबहादुर जिसि सल्लाहकार कोपिला कडेल ,शाखाका कोषाध्यक्ष बिजय राना, फोटो पत्रकारका केन्द्रीय सदस्य किरण आचार्य, प्रेस युनियन बागलुङका उप सभापति प्रदिप पन्त, प्रगतिसिल पत्रकार सघंका केन्द्रिय सदस्य तारा प्रसाद शर्मा, कान्तिपु दैनिकका संवाददाता प्रकाश बराल लगायतले श्रमजीवी पत्रकार ऐन लागू गर्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा महासघंका अध्यक्ष शिरिषले समग्र पत्रकारको अवस्था र चुनौती र अवसर बारे बताएका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष शिरिषको अध्यक्षता र सचिव राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियोे ।