भरत सापकोटा, बागलुङ २०७७ साउन १४ । हिँजो साँझमात्र बागलुङ जिल्लामा ६ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले एक विज्ञप्त मार्फत सार्वजनिक गरेको १४ घण्टा नबित्दै आज बागलुङ काठेखोला गाउपालिकाका २३ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यस संगै बागलुङ जिल्लामा संक्रमितको संख्या २ सय ३९ पुगेको छ भने निको भएर घर फर्कने संक्रमितहरुको संख्या २ सय ११ रहेको छ । हिँजो र आज थपिएका ७ जना गरी आईसोलेशनमा भर्ना हुनेहरुको संख्या २७ पुगेको छ ।
आज जारी विज्ञप्ती अनुसार म्याग्दी जिल्लाका मालिका र अन्नपूर्ण गाउपालिकाका एकएक जना पुरुष गरी दुई जनामा कोरोना पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएका बागलुङ, म्याग्दी, स्याँजा र तनहुँका गरी ५ जना समेत गण्डकी प्रदेशमा संक्रमितको संख्या १४ सय ३५ पुगेको छ ।
2 Comments